(JAPAN) 19 th September | 2019 | Thursday | 5:35:56 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:20:56 PM
 

जापानद्धारा जाजरकोटमा जलविद्युत् आयोजना निर्माणमा चासो

  POSTED ON : Thursday, 22 August, 2019 | Views : 69

जापानद्धारा जाजरकोटमा जलविद्युत् आयोजना निर्माणमा चासो


काठमाडौं, नेपाल ।

मित्रराष्ट्र जापानले जाजरकोटको नलगाड जलविद्युत आयोजनामा लगानी गर्न चासो देखाएको छ ।

कुल ४१० मेगावाट क्षमताको सो आयोजनामा जापान सरकारले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार लगानी गर्न नेपाल सरकारसँग इच्छा व्यक्त गरेको हो ।

उर्जा जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि जापानी राजदूत मासामिकी साइगोले जलविद्युत् आयोजनामा चासो व्यक्त गरेका हुन् ।

जापान सरकारको सहयोगमा कुलेखानी जलविद्युत आयोजना, तनहुँ सेती जस्ता आयोजनाहरु निर्माण भएको प्रसंग जोड्दै राजदूतले क्षेत्रीय सन्तुलनका लागि समेत नलगाड आयोजनामा लगानीका लागि जापान इच्छुक रहेको बताएका हुन ।

नलगाड जलविद्युत् आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन 'डीपीआर' तयारी भईरहेको छ ।

सो आयोजनालाई नेपाल सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सो आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकामार्फत लगानी गर्ने विषयमा छलफल भएको हो ।

भेटमा मन्त्री पुनले नेपालको भौतिक पूर्वाधार, उर्जा लगायतका क्षेत्रमा जापान सरकारको सहयोगको उच्च प्रसंशा गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गर्दै जापानी आशयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर छलफल अघि बढाउने आश्वासन व्यक्त गरेको बताईएको छ ।