(JAPAN) 18 th June | 2019 | Tuesday | 4:32:38 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:17:38 PM
 

सम्राट नारुहितोको राज्याभिषेक उपलक्ष्यमा १० हजारको सुनको र ५ सय येनको सिक्का आउँदै, किन्ने भए बुझिहाल्नुस्

  POSTED ON : Saturday, 11 May, 2019 | Views : 174

सम्राट नारुहितोको राज्याभिषेक उपलक्ष्यमा १० हजारको सुनको र ५ सय येनको सिक्का आउँदै, किन्ने भए बुझिहाल्नुस्


टोकियो, जापान ।

जापान सरकारले सम्राट नारुहितोको राज्याभिषेकको स्मरण स्वरुप नयाँ सिक्का जारी गर्ने भएको छ ।

सरकारको योजना अनुसार १० हजार येनको सुनको सिक्का र ५ सय येनको तामा मिश्रित धातुको सिक्का जारी हुन लागेको हो ।

जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार १० हजार र ५ सय येनको दुवै सिक्का मात्र जारि हुने भएको छ । यसमा १० हजार येनको सुद्ध सुनको सिक्का हुनेछ भने ५ सय येनको तामा मिसिएको धातुको हुनेछ ।

१० हजार येनको सुनको सिक्का ५० हजार वटा र तामा मिसिएको ५ सय येनको सिक्का ५० लाख वटा बन्ने भएको छ ।

सुनको सिक्कामा शाही चिन्ह अंकित रहने छ भने तामाको सिक्कामा शाही विशिष्ट सिंहासन सहितको शाहि चिन्ह अंकित हुनेछ ।

जापानको मुद्रा छपाई गर्ने जापान टक्सालले २० हजार सुनको सिक्का र तामा मिश्रित धातुको ३० हजारवटा सिक्का सरकारको डाक आदेशपछि विक्रि गर्ने भएको छ ।

सुनको १० हजार येनको यस्तो सिक्का करिव १ लाख ४० हजार येन अर्थात् १३ सय डलरमा विक्रि हुने बताईएको छ । जो कसैले यस्तो सिक्का किनेर संग्रह गर्नसक्नेछ ।

टकसाल कार्यालयले ११ जुलाईबाट सिक्का किन्न चाहने व्यक्तिहरुको आवेदन लिएर तीनहप्तापछि आवेदकहरुलाई सिक्का विक्रि गर्ने योजना बनाएको छ ।

अधिकारीहरुका अनुसार ५ सय येनको सिक्काको मुल्य भने वित्तिय संस्थानहरुले मुल्य हेरफेर गरेर विक्रि गर्नसक्नेछन् ।