(JAPAN) 19 th December | 2018 | Wednesday | 2:43:39 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:28:39 PM
 

अक्टोबर १५ मा नवलपरासी समाज जापानको अधिबेशन

  POSTED ON : Sunday, 30 September, 2018 | Views : 350

अक्टोबर १५ मा नवलपरासी समाज जापानको अधिबेशन

टोकियो ।

नवलपरासी समाज जापानले यहि आउदो अक्टोबर १५ तारिक टोकियोमा प्रथम अधिबेशन गर्ने भएकोछ ।  

नवलपरासी समाज जापानले जापानमा छोटो समयमा सबै नेपालीहरुमाझ  आफुलाई एउटा सेवा मुलक संस्थाको रुपमा अफुलाई चिनाउँदै गएको छ ।

संस्था स्थापनाकाल देखी आफ्नो गतिबिधी लाई ब्यपक गराउदै टोकियोको शिबुयामा रहेको माइता रेस्टुरेन्टमा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको छ ।  

अधिबेशन तयारीको लागि सेप्टेम्बर ३० मा हाराजुकु पार्कमा बैठक बस्न लागिरहेको समाजका सचिब कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो ।

हामीले समाजका सदस्य सुशिल ज्ञवालीलाई राज्य पुर्नसंरचनाले नवलपरासीलाई २ भागमा नवलपरासी र नवलपुर गरेर बिभाजन गरेको अवस्थामा नवलपरासी समाज जापानले यो बिषयलाई कसरी नामाङ्कन गर्ने भन्ने बिषयमा अधिबेशनबाट टुंगो लगाइने सचिव ढुंगानाले बताउनुभयो । तर जिल्ला बिभाजन भएपनि संस्था बिभाजन नहुने उहाँको भनाई छ ।


समाजका अध्यक्ष कृष्ण अधिकारिले आजसम्म समाजलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै समाज को प्रथम अधिबेशनमा जापानमा रहनु भएका सबै नवलपरासी - नवलपुरवासीलाई उपस्थितको लागि अनुरोध गर्नुभयो । अधिवेशन १५ तारिखमा टोकियो शिनओकुबुमा रहेको सोलमारी मुरा हलमा हुँदैछ ।