(JAPAN) 21 st November | 2018 | Wednesday | 2:19:58 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:04:58 PM
 

तीजको अवसरमा नागोयामा एकल नृत्य प्रतियोगिता सहित निशुल्क दर खुवाउने कार्यक्रम

  POSTED ON : Wednesday, 05 September, 2018 | Views : 204

तीजको अवसरमा नागोयामा एकल नृत्य प्रतियोगिता सहित निशुल्क दर खुवाउने कार्यक्रम

नागोया ।

हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ जापान, टोकाई होकुरिकुको आयोजनामा एकल तीज गीत नृत्य प्रतियोगिता तथा निशुल्क दर खुवाउने कार्यक्रम हुने भएको छ ।

सेक्टेम्बर ८ तारिखमा दिउसो १ बजे बाट साँझ ८ बजे सम्म नागोयाको नाकाकु स्थित साकुरा काईकान हलमा कार्यक्रम हुने जानकारी आयोजकले दिएको छ ।

जापानबासि नेपाली दिदिबहिनीहरुको कलालाई मध्य नगर गर्दै सेक्टेम्बर ५ तारिक सम्मका लागि नामावलि दर्ता खुल्ला गरिएकोमा बाह्र जना प्रतियोगिहरु सहभागी हुने भएका छन् ।

प्रतियोगितामा तनुजा शर्मा ,मार्साङ लामा ,जानकी राना ,साहारा पौडेल ,अस्मिता खरेल ,मिरा थापा , एलिना लामा , अनिता राई ,यमु थापा ,माया पुर्जा मगर ,पुजा अर्याल र दिपा सिटौलाको एकल नृत्य प्रस्तुति रहने छ ।

कार्यक्रममा सहभागी प्रतियोगीहरुले नाच्ने गीत ५ मिनेट भन्दा कम हुनु पर्ने छ भने प्रतियोगीहरुको भेषभुषालाई पनि बिशेष प्राथमिकतामा राखिने कार्यक्रम संयोजक दिपक कार्कीले बताए ।

निर्णयक मन्डलमा रहेका निर्णायकले दिएको अंकको आधारमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिलाई क्रमशः पचास हजार, तीस हजार र दश हजार जापानी येन नगद पुरस्कार दिइने छ ।

धार्दिङ समाज जापान, क्षेत्रिय समिति नागोया समेत सहआयोजक रहेको उक्त कार्यकममा निशुल्क दर खुवाउने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ ।