(JAPAN) 25 th September | 2018 | Tuesday | 4:01:38 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:46:38 AM
 

सेप्टेम्बर ९ मा बलेवा सेवा समाजको मेगुरोमा तीज विशेष कार्यक्रम

अर्जुन लामिछाने   POSTED ON : Monday, 03 September, 2018 | Views : 144

सेप्टेम्बर ९ मा बलेवा सेवा समाजको मेगुरोमा तीज विशेष कार्यक्रम

टोकियो ।

जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले तिजको अवसरमा तिज मेला २०१८ गर्ने भएको छ ।

नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवरसमा स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेलाको तयारी तिव्र बनाएको छ ।

सेप्टेम्बर ९ तारिक आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने तिज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण अखेलिले सांगितिक प्रस्तुति दिने समाजका अध्यक्ष सेवक पिसिले जानकारी दिनुभयो ।

स्वास्थय शिविरका साथै विदेशमा रेहेका बलेवालि तथा सम्पुर्ण नेपालि मित्रता र आपसि सद्भावका वृद्धि गर्ने उद्धेश्य सहित तिजको अवसर परि तिज मेला सञ्चालन गर्न लागिएको अध्यक्ष पिसिले बताउनुभयो ।

टोकियो मेकुरो कुमिन सेन्टमा आगामि आईतबार साँझ ५ बजे देखि मेला सञ्चालन हुने समाजले जनाएको छ ।

समाजले विभिन्न समयमा शिक्षा तथा स्थास्थ्यका क्षेत्रमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको छ ।