(JAPAN) 21 st November | 2018 | Wednesday | 2:20:22 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:05:22 PM
 

यि हुन् नेपाल फेष्टिवल लक्की ड्रका भाग्यशाली विजेताहरु (नाम सहित)

  POSTED ON : Thursday, 30 August, 2018 | Views : 374

यि हुन् नेपाल फेष्टिवल लक्की ड्रका भाग्यशाली विजेताहरु (नाम सहित)

टोकियो ।

नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको सयुक्त आयोजनामा सम्पन्न नेपाल फेष्टिवल २०१८ मा एनआरएनए जापानले गरेको भाग्यशाली चिट्ठाको लक्की ड्र को विजेताहरु सार्वजनिक गरिएको छ ।

एनआरएनएका आईसीसी युवा संयोजक सुदन थापा र एनआरएनए जापानका अध्यक्ष टासी लामाको रोहवरमा लक्की ड्र को नतिजा सार्वजनिक गरिएको हो । 

सो भाग्यशाली चिट्ठा कोमाजावा पार्कबाट सार्वजनिक गरिएको थियो । पुरस्कार विजेताहरुको दावी आईनसकेकोले सबैको नाम सार्वजनिक गरिएको छैन । 

विजेताहरुको नामावली यस प्रकार छन् । 

प्रथम पुरस्कार :- चिट्टा न ३२५४ (निम बहादुर खड्का सिजोका केन )

पुरस्कार नेपाल आउने जाने दुईतर्फी हवाई टिकट दुईजनालाई

दितिय पुरस्कार :- चिट्टा न ३३८६ (अन्जन ढकाल सिजोका केन  ) 

नेपाल आउनेजाने दुईतर्फी टिकट एकजनालाई

तृतीय पुरस्कार १ : -चिट्टा न २३०० (असिम बस्नेत टोक्यो तो )

होटल उडल्याण्ड काठमाडौंमा दुई दिन दुई रात खानेबस्ने सुविधा

तृतीय पुरस्कार २ : -चिट्टा न १००० 

तोतेसिमा रिसोर्ट नागानोमा दुईदिन दुईरात खाने बस्ने सुविधा



आफ्नो अर्धकट्टी सहित एनआरएनए कान्तोमा समयमै दावी प्रस्तुत गर्न समेत संयोजक निउरेले अनुरोध गरेको छ ।

आयोजकले दावी प्रस्तुतका लागि ०८०-४१४५-९९५५ 'नविन निउरे' लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एनआरएनए जापानले गरेको भाग्यशाली चिट्ठा कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिव पौडेल, महासचिव बुद्विराज घिमिरे, प्रवक्ता पर्शु बस्नेत, कान्तो संयोजक नविन निउरे र जनसम्पर्क समिति जापानका उपसभापति पुस्करजंग थापा लगायतको उपस्थितिमा बम्पर उपहार विजेताहरु घोषणा गरिएको हो ।