(JAPAN) 25 th September | 2018 | Tuesday | 4:30:15 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:15:15 AM
 

नेपाल मगर संघ जापान र मगर संघ जापानबिच एकता, अध्यक्षमा नवीन थापामगर

  POSTED ON : Wednesday, 15 August, 2018 | Views : 154

नेपाल मगर संघ जापान र मगर संघ जापानबिच एकता, अध्यक्षमा नवीन थापामगर

टोकियो ।

नेपाल मगरसंघ जापानको १९ औं एकताको महाधिवेशनबाट नवीन थापा मगर अध्यक्षमा चयन भएका छन् ।

जापानमा क्रियाशिल दुई मगर संगठनहरुले एकता गरि नेपाल मगरसंघ जापान नाम राख्दै अध्यक्षमा नवीन थापा मगरलाई चयन गरेका हुन् ।

जापानमा रहेका दुई मगर संघ नेपाल मगर संघ जापान र मगर संघ जापानबीच एकता भएको हो । एकतापछि संगठनको नाम भने नेपाल मगर संघ जापान राखिएको छ ।

फुकुओका, सिजुओका र तोचिगीकेन लगायतका शहरमा रहेका मगर संघहरूको सहमतिमा दुईवटा संगठनबीच एकता गरि एउटै संगठन निर्माण गरि नयाँ नेतृत्व चयन गरिएको हो ।

दुई मगरसंगठनको एकता पछि संगठन थप बलियो र एकभएर समाजको हित र सामाजिक काममा क्रियाशिल हुने सो अवसरमा वक्ताहरुले बताए ।


आगामी २ वर्षे कार्यकालको लागि गठन गरिएको १७ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पञ्च मगर, उपाध्यक्षमा रीत राना मगर, शिव थापामगर र तुल चोचगी मगर, महिला उपाध्याक्षमा दीपा पुनमगर, महासचिवमा रमेश रानामगर, सचिवमा सागर पुनमगर, कोषाध्यक्षमा मदन थापामगर र सह–कोषाध्यक्षमा मीरा दर्लामीमगरलाई चयन गरिएको छ ।

यस्तै नयाँ बनेको कार्यसमिति सदस्यहरूमा रूस्ताम बुढामगर, बालकृष्ण रानामगर, यम थापामगर, आनन्द पुलामीमगर र राजु छन्त्यालमगर निर्विरोध चयन भएका छन् ।