(JAPAN) 25 th September | 2018 | Tuesday | 4:31:05 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:16:05 AM
 

गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्री, एक वरिष्ठ उपाध्यक्ष पाँच उपाध्यक्ष, यस्तो छ नयाँ कार्यसमिति

  POSTED ON : Saturday, 11 August, 2018 | Views : 1971

गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्री, एक वरिष्ठ उपाध्यक्ष पाँच उपाध्यक्ष, यस्तो छ नयाँ कार्यसमिति

टोकियो ।

सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका दिलु खत्रीले असहयोग भएको भन्दै हप्तादिनमै पदबाट राजिनामाको घोषणा गरेपछि दबावमा परेको निर्वाचन कमिटिले अन्तत खत्रीलाई अध्यक्षमा मनाउँदै गल्कोट समाज जापानको नयाँ कार्यसमिति घोषणा गरेको छ ।

बाग्लुगं जिल्ला गल्कोट देखि जापान आइ अध्ययन, बिभिन्न पेशा तथा ब्यबसाय गरेका गल्कोटेहरुको साझा सस्थाको रुपमा चिनिएको गल्कोट समाज जापानको पाचौ अधिबेशनले दिलु खत्रीको अध्यक्षतामा ३३ सदस्यीय समिति समेत घोषणा गरेको छ ।

जुलाई ३१ तारिख टोकियो सिनओकुबुमा अध्यक्षमा दिलु खत्रीको टुंगो लागेपनि अन्य मुख्य पदहरुमा आकांक्षी धेरै भएपछि समय अभावका कारण नयाँ कार्यसमिति घोषणा गर्न नसकेको निर्वाचन समितिले नागोया पुगेर टीमलाई पूर्णता दिएको हो ।

बिभिन्न चरणको छलफल पछि निर्बाचन समितिको पहलमा नागोयामा अगष्ट १० बसेको बैठकले समितिलाई पूर्णता दिएको वरिष्ठ उपाध्यक्ष भवानी पन्तले जानकारी दिनुभयो ।

समितिको अध्यक्षमा दिलु खत्री, बरिष्ठ उपाध्यक्ष भवानी पन्त, उपाध्यक्षहरुमा क्रमश  कालिका थापा, तेज चालिसे, बिजय भण्डारी, भिम क्षेत्री र भोजेन्द्र सुबेदीलाई नियुक्त गरिएको छ ।

समाजको महासचिबमा कृष्ण केसी र सचिवमा नविन न्यूउरे र राजेन्द्र श्रेष्ठ गरी दुई जना नियुक्त भएका छन् ।

कोषाध्यक्षमा रामु चालिसे चयन हुँदा सह(कोषाध्यक्षमा डिलाराम गैरे छानिएका छन् ।

समाजको विभिन्न बिभाग अन्तरगत लोकेश खत्रीले युवा विभाग र लक्ष्मण कार्कीले  प्रकाशन बिभागको सयोजकको जिम्मेवारी पाएका छन् ।

समितिका सदस्यहरुमा क्रमश रत्नसिंह बस्नेत, निम खड्का, पदम बुढाथोकी, रमेश गौतम, सुमित खत्री, मिलन बस्नेत, अम्मर भण्डारी, राजु गैरे, धन ब। खत्री, नन्दराज रेग्मी, राम ब। थापा 'दिल', कृष्ण खत्री, किसान बस्नेत, पबी अधिकारि, चन्द्रा अधिकारि, रमना पौडेल रहेका छन् ।

केन्द्रीय समितिमा पदेन सदस्यहरु अन्तरगत सम्पूर्ण क्षेत्रका सदस्यहरु क्रमशस् महेन्द्र साहानी 'टोकियो', युवराज गौतम९नागोया०, शिबु थापा ९ओसाका०, बिपिन कंडेल ९फुकुओका० , लाल ब। खत्री ९ सिजुओका०, गीता बस्नेत ९यामानासीरनागानो० रहने भएका छन् । समितिमा बाँकी ३ सदस्य भने नयाँ कार्यसमितिले पछि मनोनित गर्नेछ ।

नयाँ कार्यसमिति घोषणा सभामा उपस्थीत समाजका संरक्षक, सल्लाहकार लगाएतले गल्कोट समाजलाइ अन्तराष्ट्रिय रुपमा विश्वभर छरिएर रहेका गल्कोटेहरुलाई समेट्ने र त्यसको पहलकदमी गल्कोट समाज जापानले लिने निर्णय समेत गरेको छ ।

नयाँ कार्यसमिति चयनको समयमा सस्थापक अध्यक्ष कृष्ण गौचन, पुर्ब अध्यक्षहरु हर्क थापा, मोहन खत्री, आत्मराम गैरे, गोबिन्द श्रेष्ठ, निबर्तमा अध्यक्ष नर ब. थापा, सल्हाकारहरु याम खत्री, टंक गैरे, दिपक के सी, मगर संघ जापानका अध्यक्ष गङ्गा घर्तिमगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापनको अवसरमा धन्यबाद ज्ञापन गर्दै नवनिर्बाचित अध्यक्ष दिलु खत्रीले गल्कोट समाज जापान बिगतका कमी कमजोरीबाट पाठ सिक्दै अझ सक्रिय रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

घोषणा सभा पछि बसेको समितिको पहिलो बैठकले गल्कोटमा कृर्षी क्षेत्रमा अनवरत रुपमा लागिरहेका किसानहरुलार्इ सम्मान गर्दै उत्कृष्ठ कृषक पुरस्कार दिने निर्णय गरेको छ ।