(JAPAN) 18 th July | 2018 | Wednesday | 8:43:19 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:27:54 AM
 

एमाले र माओवादी मिलेको खुशीयालीमा जापानमा प्रवासि नेपाली मन्चको बनभोज

  POSTED ON : Sunday, 01 July, 2018 | Views : 221

एमाले र माओवादी मिलेको खुशीयालीमा जापानमा प्रवासि नेपाली मन्चको बनभोज

टोकियो ।

प्रवासि नेपाली मंच जापानको आयोजनामा आईतबार बृहत बनभोज कार्यक्रम 'बारबिक्यु०' टोकियोमा सम्पन्न भएको छ । 

जापानमा क्रियाशील सघं संस्था सहित प्रवासि नेपाली मंचका सदस्यहरु सहभागि भएको बनभोज कार्यक्रममा २ यस ५० जना भन्दा बढीको सहभागिता रहेको प्रवासि नेपाली मंचका जापानका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नेपालमा आपनो माउ पार्टि एमालेको नेतृत्व बनेको सरकार र नेकपा माओवादि विच सम्पन्न भएको पार्टि एकिकरणमा खुसियालिमा आयोजना भएको बनभोज 'बारबिक्यु' मा बिभिन्न संस्थाका अध्यक्षहरु तथा ब्यक्तिहरुले शुभकामना मतब्य ब्यक्त गरेको थिए ।

शुभकामना ब्यक्त गर्नेहरुमा प्रवासि नेपाली मचका नेताहरु राजकुमार पन्डित, बाबुराम भन्डारी, राजेन्द्र श्रेष्ठ, ओशोक चन्द्र अधिकारी, पुर्व नेकपा माओवादि केन्द्र जापानको भातृसगठन जनप्रगतिशिल मंचका पुर्व अध्यक्ष अरुण श्रेष्ठ, बेलुकाजी थापा, उपध्यक्ष भवानी पन्त, बाबुराम पौडेल, संधियाँ समाजबादी का जापान अध्यक्ष पेम्बा शेर्पा, एनआरएन आईसिसि सदस्य ओम गुरुङ, नेपाल पत्रकार महासघं जापानका अध्यक्ष मोहन घले, एनआरएन जापानका वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, तमुधि नेपालका अध्यक्ष अनिता गुरुङ, लगाएका बक्तहरुले आआपनो विचार राख्दै देशमा स्थिर सरकार भएको हुदा देश विकास र आर्थिक सम्मुनतिको लागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए । 


कार्यक्रममा गोर्खा समाज जापानका अध्यक्ष सीएम भट्टराई, पुर्वि विकास केन्द्रका अध्यक्ष सुवास लोहनि, धादिङ समाजका अध्यक्ष कृष्ण खनाल, चितवान समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ, झापा समाज जापानका अध्यक्ष तुल्सि पाठक, बाग्लुङ समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ, लगायतका जापानमा क्रियासिल सघ संस्थाहरुको सहभागिता रहेको थियो । 

मचका सचिव बिकास पौडेलले संचालन गर्नु भएको कार्यक्रममा सभापति समेत रहनु भएको श्रेष्ठले सबै सहभागिहरुलाई धन्यबाद ब्यक्त गर्दै देश विकासको लागि सबैले हातेमालो गर्न आब्हान गर्नुभयो ।