(JAPAN) 25 th September | 2018 | Tuesday | 4:01:07 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:46:07 AM
 

काभ्रेली समाजको दोस्रो अधिवेशन सम्पन्न, समिर टि तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  POSTED ON : Sunday, 01 July, 2018 | Views : 1000

काभ्रेली समाजको दोस्रो अधिवेशन सम्पन्न, समिर टि तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टोकियो ।

काभ्रेली समाज जापानले दोस्रो अधिवेशन मार्फत समिर टि तामाङलाई सर्वसम्मतीमा अध्यक्षमा चयन नयाँ कार्यसमिति चयन गरेको छ ।

आईतवार राजधानी टोकियोको शिनओबुको स्थित सोलमारी हलमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनमा बिभिन्न पेशा, ब्यवसाय, अध्ययनको सिलसिलामा जापानआई बसेका काभ्रेलीहरुको उपस्थिति रहेको थियो ।

दोश्रो अधिवेशनले समीर टी तामाङलाई सर्वसम्मतीमा अध्यक्षमा चयन गर्नुका साथै बरिष्ठ उपाध्यक्षहरुमा मन्जु गिरी र प्रकाश लामा, उपाध्यक्षमा लनाम लामा, छोईसाङ लामा, देवराज उप्रेती, छेवागं लामा र महासचिवमा इन्द्र तामाङलाई चयन गरेको छ । यसैगरि उप महासचिवमा सम्झना लामा, सचिबमा प्रकाश भेटवाल, रामहरी गौतम, कोषाध्यक्षमा कुन्साङ थिङ, सह कोषध्यक्षमा देवेन्द्र योन्जनलाई चयन गरेको छ ।

समाजको सदस्यहरूमा अखिल लामा, गोपाल थोकर, सुदीप तामाङ, शर्मिला लामा, निर्मला तामाङ, नीरज तामाङ, निर्मल बल तामाङ,बिजिता कान्छा मोक्तान,रंजित गौतम चयन भएका छन् ।

कार्यसमितिको अर्को बैठकले थप सदस्य मनोनित गर्ने गरी २५ सदस्यीय नयाँ कार्य समिति गरिएको छ । कार्यक्रम काभ्रेको सफल व्यवसायी भुवन अधिकारीको प्रमुख आतिथ्यता र निबर्तमान अध्यक्ष मेख लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।


कार्यक्रममा समाजसेवी तथा व्यबसायि भुवन अधिकारीले काभ्रेली समाज जापानलाई थप सफलताको शुभकामना ब्यक्त गर्नु हुँदै अगामि दिनमा समाजको लागि जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको प्रतिवद्वता गर्नुभयो ।

साथै संस्थापक अध्यक्ष मेख लामाले छोटो कार्यकालमा काभ्रेली समाजले महत्वपूर्ण कार्यक्रम गरेको र भाबी दिनहरूमा पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।


सर्बसम्मत अध्यक्ष समीर लामाले अब काभ्रेली समाजलाई अहिले सम्मको इज्जतलाई जोगाइरहने र कार्यसमितिलाई सबै जनाको सल्लाह अनुसार समेट्दै लैजानुका साथै जापानमा रहेका काभ्रेलीहरुको हित र सामाजिक काममा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।