(JAPAN) 19 th December | 2018 | Wednesday | 2:42:36 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:27:36 PM
 

जापानका जनजाती संस्थामा एकता र सहकार्य आवश्यक-फोनिज जापान

  POSTED ON : Tuesday, 26 June, 2018 | Views : 299

जापानका जनजाती संस्थामा एकता र सहकार्य आवश्यक-फोनिज जापान

टोकियो ।

जापानमा रहेका जायित संघ संगठनहरुबिच सहकार्य र एकता आवश्यक रहेको भन्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ 'फ़ोनिज' जापान शाखाले त्यसको लागि आव्हान गरेको छ ।

प्रवासमा जातिय संस्थाहरू वीच सहकार्य तथा एकताको सवाल र पहिचानको आन्दोलनमा फोनिजको भुमिका बिषयबारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले जनजाती संघसंगठनबिच सहकार्यको अभाव देखिएको बताएका हुन् ।

कार्यक्रममा उपस्थित जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले नेपालमा पहिचान नचाहने नेताहरूले नेतृत्व गर्दै आइरहेको, जातिय संगठनबाट नेतृत्वमा पुगेकाहरूले राजनैतिक भविष्य प्राप्त हुने बितिकै पहिचान र अधिकारको मुद्दालाइ ओझेलमा पारेको, लामो समयदेखि हतियारको बलमा जातिय पहिचानहरू मास्ने कार्य भएको जिकिर गरेका थिए ।

जातिय पहिचान प्राप्त हुन नसक्नुको मुख्य समस्याको जड राज्यको नीति नियम भएको आरोप लगाउँदै सहभागीहरुले सरकारी नीतिनियमहरूमा जातिय अधिकारहरू उल्लेख नभएकै कारण जातियसंस्थाहरू स्थापना र अधिकारको आन्दोलन गरिरहनुपरेको धारणा राखेका थिए ।

जनजाति युवाहरूमा चेतनाकोस्तर बिकास, जनजाति अधिकार तथा सवालसंग सम्बन्धित लेख रचना समेटिएको पुस्तक, सामग्री, प्रकाशन गरी अध्ययनमा जोड, बिदेशमा रहेको फोनिज संस्थाहरूले नेपालमा रहेका फोनिजसंग सहकार्य गरी पहिचान र अधिकार प्राप्तिका लागि संचार क्षेत्रमार्फत महत्वपुर्ण भुमिका निभाउनु पर्ने र जापानमा रहेका जातिय संस्थाहरू एकजुट भइ जापानमा नेपाली समुदायहरूमा देखिएको बिबिध समस्याहरूबारे सामुहिक रूपमा छलफल गरी अघि बढ्नु पर्ने सहभागीहरुको धारणा रहेको थियो ।


फोनिज जापानले जापानमा रहेका जातिय संस्थाहरूमा रहेको बेमेल र सहकार्य अभावलाई पुर्ती गर्न महत्वपुर्ण कार्यको थालनी गरेको सहभागीहरुको भनाई थियो ।

फोनिज जापान शाखाका अध्यक्ष चासिला तामांगको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाका अध्यक्ष सुमन लिम्बु, बिशेष अतिथिमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले रहनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण एनआरएनए आइसिसि सदस्य तथा जनजाति अगुवा ओम गुरूङले गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जापानका पदाधिकारीहरू, जापानमा रहेका जातियसंस्थाका प्रतिनिधिहरू, जातिय हकहितका लागि क्रियाशील जनजाति नेता अगुवा सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम फोनिज जापानका सहसचिव शशिकला मोक्तानले संचालन गर्नुभएको थियो ।