(JAPAN) 25 th September | 2018 | Tuesday | 4:07:08 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:52:08 AM
 

टोकियामा भएको फुटसल टुर्नामेन्टको उपाधि सहित ५ लाख नगद काभ्रे समाजले उचाल्यो

  POSTED ON : Monday, 25 June, 2018 | Views : 763

टोकियामा भएको फुटसल टुर्नामेन्टको उपाधि सहित ५ लाख नगद काभ्रे समाजले उचाल्यो

टोकियो ।

जापानमा आईतबार भएको चौथो फुटसल टुर्नामेन्टको उपाधि काभ्रे समाज जापानले उचालेको छ ।

टोकियो ब्रदर्शले आयोजना गरेको फुटसल टुर्नामेन्ट प्रतियोगितामा उपाधि सहित काभ्रे समाजले प्रथम पुरस्कारस्वरुप ट्रफी सहित नगद ५ लाख ४ हजार ६ सय २४ येन प्राप्त गरेको छ ।

यसैगरि फुटसल टुर्नामेन्टको दोस्रो उपाधि याताईमुरा नेपाल युनाईटेड ब्रदर्शले पायो । ब्रदर्शले ट्रफी र पदक सहित नगद २ लाख, ४ हजार ६ सय २४ येन प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुगेको दुई टोली राईजिङ नेपाल ए र टोकियो ब्रदर्श ह्वाईटलाई नगद ५० हजार येन नगदले पुरस्कृत गरिएको थियो ।


यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडि काभ्रे समाजका सागर चौधरी हुँदा समाजकै बेष्ट डिफेन्डर टिम क्याप्टेन लिल गुरुङ र बेष्ट किपर सुमन लामा चुनिए ।

सर्बोत्कृष्ट स्कोरर घोषित नेपाल युनाईटेड ब्रदर्शका खेलाडि रितन श्रेष्ठ र राइजिङ नेपाल ए का सुधिर गुरुङलाई जनही नगद ५ हजार येनबाट सम्मान गरिएको थियो ।


टोकियोको निशि हाचिओजीमा भएको सो फुटसल प्रतियोगितामा ३० टिम सहभागी भएका थिए ।

फुटसल टुर्नामेन्ट कार्यक्रममा नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनको विशेष उपस्थिति र एनआरएन जापानका अध्यक्ष टासी वाङदी लामा प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।