(JAPAN) 19 th June | 2018 | Tuesday | 12:25:28 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 9:10:03 AM
 

पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानको पहलमा मृगौला पिडितको लागिी आर्थिक सहयोग

  POSTED ON : Wednesday, 06 June, 2018 | Views : 177

पूर्वी नेपाल विकास सहकार्य नेपाल जापानको पहलमा मृगौला पिडितको लागिी आर्थिक सहयोग

टोकियो ।


पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले संखुवासभा जिल्ला साविक आँखिभुँइ गाविस -१ हाल धर्मदेवी नगरपालिका ६, होम्बोङ निवासी मृगौला पीडित बिरामी सन्देश जिमीको उपचारार्थ आर्थिक सहयोग संकलन सम्पन्न गरेको  छ ।

धनकुटा बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्यनरत सन्देश जिमीको दुवै मृगौला खराब भइ प्रत्यारोपण गर्नु पर्ने भएपछि जीवन रक्षाको निमित्त आर्थिक सहयोगको लागि पत्रकार भिम देवान मार्फत सामाजिक सन्जालमा आह्वन गरिएको थियो ।

बिरामीलाइ अहिले भक्तपुर पुरानो बाटो स्थित  निकोसेरा भन्ने ठाउँमा कोठा लिइ राखिएको र हप्तामा २ पटक शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डायालासिस  गर्दै उपचार भइराखेका छ । बिरामीलाई आफ्नै आमाले मृगौला दिने भएको र दुवै जनाको स्वास्थ्य परिक्षण पनि भइरहेको पारिबारिक स्रोतले जनाएको छ ।

पत्रकार  देवानकै अनुरोधमा जापानमा विद्यार्थी भिषामा रहनुभएका संखुवासभा पाँचखपन नपा(९ तेर्से निवासी पेमानुरी शेर्पाको पहलमा पुर्वी नेपाल विकास सहकार्य केन्द्रमा सहयोगको लागि प्रस्ताव राखेको थियो उक्त प्रस्तावमाथि केन्द्रका अध्यक्ष  सुवास लोहनीले  पेमानुरी शेर्पा कै संयोजकत्वमा विमल कार्की,ओखलढुङ्गा र फुर्वा शेर्पा,सोलुखुम्बु ९पत्रकार समायोजन खबर डट कम० ३ सदस्यीय आर्थिक सहयोग संकलन तथा व्यवस्थापन समिति गठन गरेको थियो ।

समितिले विभिन्न महानुभावहरु मार्फत जुन महिनाको ३ तारीक आइतबारसम्म संकलित   ७२५११९अक्षेरेपी बहत्तर हजार पाँच सय एघार जापानिज येन ०रेमिटेन्स मार्फत नेपाल पठाइएको छ ।

सहयोग रकम  संखुवासभा जिल्लाकै गौरीमान राइ विमल काफ्ले तथा धर्मदेवी नगरपालिका कै अन्य ब्यक्तिहरू  तथा पत्रकार भिम देवानको रोहवरमा पुर्वी नेपाल विकास सहकार्य केन्द्रका सदस्य तथा समाजसेवी खोटाङ निवासी राजश्री खालिङबाट मृगौला पिडितराइ कै निवासमा पुगी हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भइसकेको सहयोग संकलन समिति संयोजक पेमनुरी शेर्पाले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

आर्थिक सहयोग गर्नु हुने महानुभावहरुको नाम तथा रकम विवरण

१. कुमार कार्की मोरङ   १०,०००¥

२.ध्रुव थापा संखुवासभा   ५,०००¥

३.प्रतिक्षा पुरी काठमाण्डौ ५,०००¥

४.सुवास लोहनी मोरङ      ५,०००¥

५. सन्जिव राई  खोटाङ     ४,०००¥

६.ज्वाला संग्रौला झापा     ३,०००¥

७. लाक्पादोर्जी शेर्पा सोलु  ३,०००¥

८.हेम घिमिरे इलाम           ३,०००¥

९.आकी गौतम मोरङ         २,०११¥

१०.भुपिगोबिन्द श्रेष्ठ सुनसरी २,०००¥

१.धिरज कार्की मोरङ        २,०००¥

१२.सरोज शाही धनगडी       २,०००¥

१३.मोहनकुमार अधिकारी झापा २,०००¥

१४.डिल्लीराम सिवाकोटी झापा  २,०००¥

१५.विमल कार्की ओखलढुङ्गा   २,०००¥

१६.नबिन कटुवाल धनकुटा        २,०००¥

१७.रुद्र उप्रेती मोरङ                 २,०००¥

१८.अखिल राइ पाँचथर            २,०००¥

१९.भूवन रोक्का खोटाङ            २,०००¥

२०.कमल पाठक संखुवासभा      २,०००¥

२१.हरि गेलाल खोटाङ              २,०००¥

२२.कुमार बान सोलुखुम्बु           २,०००¥

२३.ज्याक खड्का खोटाङ          २,०००¥

२४.फुर्वा शेर्पा सोलुखुम्बु            १,५००¥

२५. मदन चापागाँई पाँचथर        १,०००¥

२६.  बिनोद कार्की खोटाङ         १,०००¥