(JAPAN) 15 th August | 2018 | Wednesday | 6:36:54 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:21:29 PM
 

नुवाकोट समाज जापानको तेस्रो अधिवेशन जुन २४ तारिखमा हुने

  POSTED ON : Monday, 04 June, 2018 | Views : 1353

नुवाकोट समाज जापानको तेस्रो अधिवेशन जुन २४ तारिखमा हुने

टोकियो ।

नुवाकोट समाज जापानले आफ्नो तेस्रो अधिवेशन यही जुन महिनाको २४ तारिखमा टोकियोमा गर्ने भएको छ ।

नेपाल नुवाकोट जिल्ला घर भई जापानमा अध्ययन, पेशा, व्यवसाय तथा रोजगारको क्रममा रहेका नुवाकोटेहरुको साझा संस्थाको रुपमा रहेको समाजले संस्थालाई सक्रिय र सशक्त बनाउने योजना सहित आगामी अधिवेशन गर्न लागेको समाजका सचिव हरी लामिछानेले जानकारी दिनुभयो ।

'अधिवेशन कार्यसमिति र सल्लाहकारहरुको सुझाव अनुसार यही जुन महिनाको २४ तारिख आईतबार अधिवेशन गर्न लागिएको हो' लामिछानेले भन्नुभयो-'दिउँसो १ बजेबाट ५ बजेसम्म सिनओकुबुमा रहेको नेपाली मुरा हलमा अधिवेशन हुनेछ सबै नुवाकोटे दाजुभाई तथा दिदिबहिनीहरु सहित सबै संघसंस्थाका प्रतिनिधि सहित नेपालीहरुमा उपस्थितिको लागि अनुरोध गर्दछौं ।'

जापानमा रहेका नुवाकोटेहरुमा आपसी भाईचारा, मेलमिलाप सहित जिल्लाको विकास तथा सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य सहित स्थापित नुवाकोट समाज जापानले जापानमा हुने गरेका सामाजिक गतिविधिमा सहयोग सहित आपत तथा दुर्घटनाका घटनाहरुमा सहयोग जुटाएर हस्तान्तरण गर्दै आएको छ ।

सन् २०१४ मा स्थापित नुवाकोट समाज जापानले तेस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन सहित नुवाकोटेहरुबिच नियमीत भेटघाट कार्यक्रम सहित विभिन्न कार्यक्रम घोषणा समेत गर्ने तयारी गरेकाले जापानमा रहनुभएका सबै नुवाकोटे दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि समाजका प्रतिनिधिहरुले अनुरोध समेत गरेका छन् ।