(JAPAN) 17 th October | 2018 | Wednesday | 5:23:15 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 2:08:15 PM
 

काभ्रेली समाज जापानको दोस्रो अधिवेशन जुलाई १ मा हुने

  POSTED ON : Monday, 28 May, 2018 | Views : 3236

काभ्रेली समाज जापानको दोस्रो अधिवेशन जुलाई १ मा हुने

टोकियो ।

काभ्रेली समाज जापानले आफ्नो दोस्रो अधिवेशन जुलाई महिनाको १ तारिखमा गर्ने भएको छ ।

आईतबार राजधानी टोकियोको सिन ओकुबुमा सबेको संस्थाको कार्यसमितिको बैठकले जुलाई महिनाको १ तारीखमा सिनओकुबुमा रहेको सोलमारी हलमा आयोजना गर्ने निर्णय गरेको हो ।

बर्तमान अध्यक्ष मेख बहादुर वाईबा संयोजक र कार्यसमितिका पदाधिकारी एबं सदस्यहरू सदस्य रहने गरी ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति गठन समेत गरेको छ ।

संस्थाका पदाधिकारीहरुको भेलाले स्थापनाको छोटो अबधिमै सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेल्न सकेको भन्दै संस्थालाई अझै क्रियाशिल बनाएर सामाजिक काममा सहभागीता बढाउने निर्णय समेत गरेको छ ।

सडक बालबालिकाको शिक्षा र स्वास्थ्य सहयोगार्थ चर्चित युवा गायक राजु लामाको लाईभ कन्सर्ट आयोजना गरेर सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्था सी नेपाललाई दुईलाख नेपाली रुपैंया संबिधान सभाका सदस्य पूर्ब माननीय तीर्थ बहादुर लामाको समुपस्थितिमा हस्तान्तरण गरिएको स्मरण समेत गरेको छ ।


त्यसैगरी जापानमा मृत्यु भएकी टिना गुरूड० को शब ब्यवस्थापनार्थ ४४०००¥ त्यसैगरी स्वर्गीय शिब रोकाको लागि ४३०००, मृगौला रोगी बुद्धिलाल तामाड०को लागि हिमालसिं तामाड०लाई ७०३७२ , ब्लड क्यान्सर रोगी काभ्रेका बुद्दिलाल तामाड०लाई १५२८४७ सहित तराईका बाढीपिडितलाई ३५००० रकम सहयोग जुटाएर हस्तान्तरण गर्ने काम यस अविधिमा गरिएको संस्थाले जानकारी दिएको छ ।

स्थापनाको छोटो अबधिमानै संस्था मातहतको फुटसल टिमले राम्रो प्रभाव जमाऊन सफल भएको छ भने केही प्रतियोगिताको उपाधि समेत जितेको थियो । एऊटा प्रतियोगिताको  सफल आयोजना गरिसकेको काभ्रेली समाजले निकट भबिश्यमा अर्कों पर्तियोगिताको आयोजना गर्ने तयारी गरिरहेको छ ।

काभ्रे जिल्लाको बिभिन्न ठाँऊबाट बिबिध पेशा, ब्यबसाय तथा अध्ययनार्थ काभ्रेलीहरूको जमघट, एकअर्कामा आईपर्न् बिबिध किसिमका समस्याहरू एबं आफ्नो जन्मभूमिको लागि केही सामाजिक काम गर्ने ऊदेश्यका साथ दूईबर्ष अगाडी गठन भएको काभ्रेली समाजले आफ्नो क्षेत्रीय शाखा पनि बिस्तार गर्ने भएको छ ।


यही क्रममा क्युशुमा क्षेत्रीय समिति बनिसकेको तथा अन्य ठाऊँमा पनि कुराकानि भईरहेको जनाएको छ । यसरी नै एकताबद्द भई जापानभरी नै शाखा बिस्तार गर्ने तयारी रहेको अध्यक्ष मेख वाईबाले जानकारी दिनुभयो ।

आगामी अधिबेशनको लागि जापानमा रहेका सम्पूर्ण काभ्रेलीहरूलाई उपस्थित हुनको लागि पनि हार्दिक अनुरोध गरिएको जानकारी सचिब रुपक तामाड०ले दिनुभएको छ ।

गायक राजु लामा टोकियो आइपुगे, ३० तारिख मेगुरो कुमिन सेन्टर उपस्थित हुन अनुरोध