(JAPAN) 15 th August | 2018 | Wednesday | 6:36:31 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:21:06 PM
 

नेपाल जापान फ्रेन्डसिप लायन्सको अध्यक्षमा अर्जुन थापा सहित ३५ सदस्यीय कार्यसमिति चयन

  POSTED ON : Sunday, 27 May, 2018 | Views : 259

नेपाल जापान फ्रेन्डसिप लायन्सको अध्यक्षमा अर्जुन थापा सहित ३५ सदस्यीय कार्यसमिति चयन

टोकियो ।

जापानमा रहेको एकमात्र नेपाली लायन्स क्लव नेपाल जापान फ्रेण्डसिप लायन्स क्लवको अध्यक्षमा अर्जुन थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

फुकुओकामा आईबार सम्पन्न भएको क्लवको दोस्रो वार्षिक साधारण सभाले अध्यक्षमा थापालाई चयन गर्दै ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

सल्लाहकारमा सन्तोष थापा, प्रथम उपाध्यक्ष ज्योति केसी, द्वितीय उपाध्यक्षमा दिलेन्द्र जोशी ,एल सी आई एफ सी कोअर्डिनेटर तथा प्रवक्ता कृष्ण प्रसाद सुबेदी, मेम्बरशिप डिरेक्टर तथा खेलकूद डिरेक्टरमा शंकर केसी, सचिब सूर्य बहादुर कुँवरलाई चयन गरेको साधारण सभाले सह सचिवमा भागिरथ पौडेल, कोषाध्यक्षमा गुप्तराज न्यौपाने, सह कोषाध्यक्षमा प्रकाश लामिछाने ,सर्विस चीयर पर्सनमा सुदीप मान श्रेष्ठ, क्लब डिरेक्टरमा सुजू थापा ठकुरी, टेमरमा सुनिल श्रेष्ठ ,टेल ट्विस्टरमा खेम महतो ,हेल्थ डिरेक्टरमा सरिता शर्मा, एजुकेसन डिरेक्टरमा अनीश लामालाई जिम्मेवारी सुम्पेको छ ।

त्यस्तै नेपाल कोअर्डिनेटरमा दिलीप लामिछाने, बिक्रम कोइराला, श्रुति शाह, कुमामोतो कोअर्डिनेटरमा मंजुल बाराही, सानुभाई बिश्वकर्मा, राम चन्द्र पण्डित, नागोया कोअर्डिनेटरमा लक्ष्मण ढुङ्गाना, दुर्गा माझी, मियाजाकि कोअर्डिनेटरमा कुमार थापा मगर र ओसाका कोअर्डिनेटरमा प्रेम प्रसाद कंडेललाई चयन गरेको छ ।


सदस्यहरुमा मिलन बस्नेत, ध्रुव गैर, अनिता रिमाल, बिकाश रोकाया, सन्तोष सापकोटा, सुवास श्रेष्ठ, संजय चौधरी, नबीन देवकोटा, बिष्णु रानभाट सहितको ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

फुकुओका शहरको हकाता सिमीन सेन्टरमा भव्य समारोहका बिच सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य टंक गैरे बिशेष अथितिहरुमा हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्म राज अधिकारी, क्लबका सल्लाहकार लायन छात्र दाहाल रहनुभएको थियो ।

कार्यक्रममा एनआरएन क्युसुका उपसंयोजक देवराज उप्रेती, फुकुओका नेपाल सोसाइटी अध्यक्ष नबिन अधिकारी, हामी नोपाली हाम्रो नेपाल अभियानका अभियन्ताहरु लगायत फुकुओकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यावसायी सहित नेपालीहरुको सहभागीता रहेको थियो ।


कार्यक्रमको सभापति अध्यक्ष लायन अर्जुन थापाले गर्नुभएको थियो भने कार्यक्रमलाई सचिब लायन दिलेन्द्र जोशीले सञ्चालन गरेका थिए ।

जापानमा रहेका नेपाली युवाहरुले सन् २०१६ मा स्थापना गरेको यस क्लव लायन्स क्लव अफ नेपालको ए टु मा आवद्ध रहेको छ । 

यस क्लवले जापानको फुकुओकामा रहेको जापानी लायन्स क्लवसँगको सहकार्यमा नेपालमा शैक्षिक कार्यक्रममा सहयोगको पहल भईरहेको अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।

जापानमा बसेका नेपालीहरु एकबद्ध भएर नेपालको लागि गर्न सक्ने सहयोग जुटाउने र जापानमा रहेका लायन्स क्लवहरुसँगको सहकार्यमा नेपालमा परोपकारी कार्यमा सहभागीता बढाउने लक्ष्य क्वल राखेको थापाको भनाई छ ।