(JAPAN) 19 th June | 2018 | Tuesday | 12:20:49 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 9:05:24 AM
 

आपतकालिन अक्षयकोषको लागि स्याङ्जा समाज जापानको बार्बिक्यु सम्पन्न

  POSTED ON : Wednesday, 23 May, 2018 | Views : 260

आपतकालिन अक्षयकोषको लागि स्याङ्जा समाज जापानको बार्बिक्यु सम्पन्न

टोकियो ।

आपतकालिन अवस्थामा सहयोग गर्नको लागि अक्षयकोष स्थापना गर्न स्याङ्जा समाज जापानले आयोजना गरेको बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ ।

जापानको साइतामा केनको मुसासी उरावा स्टेशनबाट नजिक रहेको दोमन ग्रीन पार्कमा भएको कार्यक्रममा जापानमा रहेका बहुसंख्यक स्याङ्जाली सहित अन्य क्षेत्रका नेपालीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितहरुले आपतकालिन कोष स्थापनामा सहयोग गर्दै भेटघाट र आपसी दुखसुखका भावना साट्नुका साथै नाचगान गरेर रमाईलो गरेका थिए ।


जापान तथा नेपालमा आपतकालिन अवस्थामा कसैलाई अप्ठ्यारो परेको खण्डमा सहयोग गर्ने उदेश्यले आयोजित कार्यक्रम सफल पार्न सहयोग तथा उपस्थित सबैलाई संस्थाका अध्यक्ष अध्यक्ष सागरमणी भण्डारिले धन्यवाद व्यक्त गरेका थिए ।


कोषको पुर्ण विवरण आउन बाँकी नै रहेपनी मोटामोटी हालसम्म १ लाख ३० हजार एन नाफा भएको सम्योजक ध्रुब ज्ञवालिले बताएका छन ।

समाजले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने विभिन्न सङ्घ सस्थाका प्रतीनिधिलाई खादा ओढाएर सम्मान गरिएको थियो । 


फुकुओका र नागोयामा क्षेत्रीय सङ्गठन रहेको समाजले गुन्मा र ओसाकामा पनि सङ्गठित हुन आग्रह गर्दै छिट्टै संस्था विस्तार गरिने बताएको छ ।