(Japan) 29 th January | 2020 | Wednesday | 5:13:32 AM || (Nepal) 1:58:32 AM
 
 

बाग्लुङ समाज जापानले तेश्रो अधिबेशनमा चैते दशैं मेला सहित त्रिदिवशीय कार्यक्रम गर्ने

Bishnu Sapkota   POSTED ON : Wednesday, 15 January, 2020 | Views : 62

बाग्लुङ समाज जापानले तेश्रो अधिबेशनमा चैते दशैं मेला सहित त्रिदिवशीय कार्यक्रम गर्ने


टोकियो ,जापान ।  

बाग्लुङ समाज जापानले तेश्रो अधिबेशन तथा चैते दशै मेला गर्ने भएको छ ।अप्रिल ३ तारिखबाट ५ तारिख सम्म टोकियोमा बिबिध कार्यक्रम सहित त्रिदिवशीय रुपमा कार्यक्रम गर्न लागिएको  सचिब राजु केसिले जानकारी दिनुभयो ।  

बाग्लुङ जिल्लाको पहिचान बोकेको चैते दशै पर्वलाई प्रवाशमा  रहेर पनी बिबिध कार्यक्रम गरी मेलाको रुपमा मनाउन लागिएकोले सबै जापानबाशि नेपालीको साथ मिल्नेमा बिश्वस्त रहेको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुयो ।

अध्यक्ष श्रेष्ठले मेला अन्तर्गत जापानमै पहिलो पटक खुला लोक दोहोरी गीत प्रतियोगिता संचालन गर्न लागेको र यस् बारेमा सम्पूर्ण जानकारी केहीदिनमा सार्वजनिक गरिने पनी बताउनुभयो । 

नेपालबाट आमन्त्रित तथा जापानमै रहेका चर्चित तथा  ख्याती प्राप्त कलाकारको प्रस्तुतीको साथमा नयाँ कार्यसमिती चयन गर्दै  भब्य रुपमा चैत्र दशै मेलाको तयारी थालिएको बरिष्ठ उपाध्यक्ष प्रेम कंडेलले बताउनुभयो ।  

चैते दशै मेला तथा तेश्रो अधिबेशनलाई सब्य र भब्य रुपमा सम्पन्न गर्नका लागी फेब्रुअरी  २ तारिखका दिन बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका अध्यक्षहरु ,समाजका संरक्षकहरु ,सल्लाहकारहरु र अग्रज ब्यक्तित्वहरुसँग  बृहत छलफल गरी सबै बिषयमा निचोडमा पुगिने पनी उपाध्यक्ष कंडेलले बताउनुभयो ।

समाजले जापानमा उत्कृष्ट कार्य गर्दै आएको छ ।