(Japan) 29 th January | 2020 | Wednesday | 5:36:14 AM || (Nepal) 2:21:14 AM
 
 

संगिता अधिकारीको संयोजकत्वमा एनआरएनए जापान महिला फोरम गठन

  POSTED ON : Tuesday, 14 January, 2020 | Views : 304

संगिता अधिकारीको संयोजकत्वमा एनआरएनए जापान महिला फोरम गठन


टोकियो, जापान ।

टोकियोमा भएको महिलाहरुको भेलाले एनआरएनए एनसीसी जापानकी महिला संयोजक संगिता अधिकारीको संयोजकत्वमा महिला फोरम गठन गरेको छ ।

एनआरएनए जापानको महिला फोरमको सचिवमा कमला कपरी र कोषाध्यक्षमा विष्णु वानिय ९प्रज्ञा० रहनुभएको छ । फोरममा अन्य सदस्य थप गर्दै जाने निर्णय भएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

भेलाले फोरमको सल्लाहकारमा एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी, एनसिसी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महिला उपाध्यक्ष सविता श्रेष्ठ, कोषाध्यक्ष कालिका थापा, महिला सदस्य अन्जु भण्डारी, सरिता ढकाल, चन्दा अधिकारी केशी, शर्मिला श्रेष्ठ र सल्लाहकारमा उमा वस्तीलाई राख्ने निर्णय गरेको बताईएको छ ।

गत साता भएको भनिएको भेलालाई एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारीले सम्वोध गर्दै आफ्नो कार्यकालमा जापानमा रहेका महिलाका समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभयो ।

अधिकारीले जापानमा रहेका श्रीमान् वा परिवारका सदस्यहरुसँग बस्दै आएका महिलाहरुलाई शसक्तीकरणका लागि मार्च ८ मा नारी दिवसको अवसर पारी प्रशिक्षण कार्यक्रम राख्ने जानकारी गराउनुभयो ।

त्यस्तै जापानमा बच्चा जन्माउने महिलालाई जापानको नीति नियम र सेवा, सुविधाको विषयमा “मात्तृशिशु र परिवार नियोजन “सम्बन्धी  कार्यक्रम समेत गरिने बताउनुभयो ।

नेपाल सरकारको भ्रमण बर्ष  द्दण्द्दण्  सफल पार्नु जापानमा रहने नेपालीको पनि दायित्व भएकोले जापानको व्यस्त सडक तथा स्टेशनमा नेपालको पहिचान झल्कने पोशाक सहित ख्ष्कष्त ल्भउब िद्दण्द्दण् लोगो सहितको पर्चा वितरण गरेर जापानीज नागरिकलाई नेपाल भ्रमणका लागि उत्साहि गर्ने लगायतका कार्यहरु गरिने संयोजक अधिकारीले बताउनुभयो ।

फोरमले गर्ने सामाजिक कामहरुको लागि सबैपक्षबाट साथ र सहयोग आवश्यक रहने भन्दै अधिकारीले सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानमा घरेलु हिंसा बढेकाले त्यसको समाधानका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी, एनआरएनए जापानका महासचिव जनक बिक्रम शाही र कोषाध्यक्ष कालिका थापा लगायतले आफ्ना धारणा सहित फोरमलाई अगाडी बढाउने विषयमा सुझाव दिनुभएको थियो ।

भेलामा उपस्थित महिलाहरुले जापानका महिलाको समस्या पहिचान गरी देश, समय र माग अनुसारका कार्यक्रम र योजना ल्याउन सुझाव दिएका थिए । 

कार्यक्रम एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारीको अध्यक्षतामा भएको थियो । महिला उपाध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम पत्रकार लक्ष्मी पौडेलले सञ्चालन गर्नुभएको थियो ।