(JAPAN) 18 th July | 2018 | Wednesday | 9:05:20 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:49:55 AM
 

आपतकालिन कोष सञ्चालन गर्न स्याङ्ग्जा समाज जापानको बार्बिक्यु कार्यक्रम

  POSTED ON : Tuesday, 15 May, 2018 | Views : 208

आपतकालिन कोष सञ्चालन गर्न स्याङ्ग्जा समाज जापानको बार्बिक्यु कार्यक्रम

टोकियो ।

स्याङ्जा समाज जापानले जापानमा रहेका स्याङ्जाली सहित नेपाली समुदायलाई आपत परेको समयमा सहयोग गर्ने उदेश्य सहित आपतकालिन कोष खडा गर्न बार्बिक्यु कार्यक्रम गर्ने भएको छ ।

साइतामाको मुसासी उरावा स्टेशन नजिकै रहेको दोमन ग्रीन पार्कमा यहि महिनाको २० तारिख आइतबारका दिन कार्यक्रम आयोजना गरिएको समाजले जानकारी दिएको छ ।

आयोजक संस्थाले उक्त कार्यक्रममा स्याङ्जा घर भई जापानमा रहनुहुने सहित सबैमा उपस्थितिको निम्ति आग्रह गरेको छ ।

परोपकारी काममा सहयोग गर्ने लक्ष्य र मनोरञ्जनको लक्ष्य लिइएको कार्यक्रममा उपस्थित भइदिनुहुन समाजका अध्यक्ष सागरमणी भण्डारीले आग्रह समेत गरेका छन ।