(Japan) 29 th January | 2020 | Wednesday | 5:24:02 AM || (Nepal) 2:09:02 AM
 
 

अर्घाखाँची समाज जापानको अध्यक्षमा बाबुराम पौडेल सर्वसम्मत चयन

  POSTED ON : Sunday, 05 January, 2020 | Views : 592

अर्घाखाँची समाज जापानको अध्यक्षमा बाबुराम पौडेल सर्वसम्मत चयन


टोकियो, जापान ।

अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनले बाबुराम पौडेलको अध्यक्षतामामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

राजधानी टोकियोमा बिहिबार सम्पन्न तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

अर्घाखाँचीको डिभर्ना जन्मनुभएका पौडेल जापान प्रवेशसंगै संस्थामा  आवद्ध रहँदै आउनुभएको थियो ।

यसअघि सन् २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै २०२०/०२२  का लागि अध्यक्ष चयन हुनुभएको हो ।

अध्यक्षमा चयनसँगै पौडेलले जापानमा छरिएर रहेका सबै अर्घाखाचीबासीहरुलाई आफ्नो कार्यकालमा एकिकृत गरि अगाडी बढ्ने बताउनुभएको छ ।

जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दुस्ख र सुस्खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागी समेत पहल गर्ने उल्लेख गर्नुभयो ।

त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिती नै प्रर्तिवद्ध रहेको बताउनुभयो । 

२ बर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयन बहादुर टण्डन, कृष्ण केसी, नेत्र प्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिब  संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर, सह-कोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले मगर , दिल ब. श्रेष्ठ, चेतन घर्ती मगर, चेत नारायण थापा, हरी गौतम , ध्रुब बन्जाडे, अबिनास जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा के।सी , केतकला आले चयन हुनुभएको छ । 

एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा। भूपालमान श्रेष्ठको  प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरि समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो । 

सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी, नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट, डा. बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आ(आफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।  

समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिब नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गायक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव धुर्व बन्जाडेले गित र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरञ्जन दिलाउनुभएको थियो ।