(Japan) 29 th January | 2020 | Wednesday | 6:12:23 AM || (Nepal) 2:57:23 AM
 
 

विहुँकोट समाज जापानको अधिवेशनबाट गोपाल शर्माको नेतृत्वमा कार्यसमिति चयन

  POSTED ON : Sunday, 05 January, 2020 | Views : 370

विहुँकोट समाज जापानको अधिवेशनबाट गोपाल शर्माको नेतृत्वमा कार्यसमिति चयन


टोकियो, जापान ।

सन् २००८ मा जापानको टोकियो मा स्थापित बिहुँकोट समाज जापानले हिजो जनवरी १ तारिखको दिन तेह्रौँ साधारण सभा तथा सातौँ अधिबेशन सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष देविलाल सुबेदीको सभापतित्व, उपाध्यक्ष गोपाल शर्मा अशोकको स्वागत मन्तब्य र सचिब शिब कडेँलको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी रहनुभएको थियो ।

सस्थांपक सदस्य एवंम बर्तमान ऊपाध्यक्ष गोपाल शर्मा 'अशोक'को अध्यक्षतामा गठित नयाँ कार्यसमितीको ऊपाध्यक्षहरूमा महेन्द्र प्रसाद कडेँल ,दिपक प्रसाद कडेलँ , घनश्याम कडेँल ,बिष्णु प्रसाद कडेँल, तोयानाथ रिजाल रहनुभएको छ ।

यसैगरि सचिबमा शिब प्रसाद कडेँल सहसचिब नारायण कडेँल हिमलाल कोषाध्यक्ष रामु कडेँल 'कुलराज' सहकोषाध्यक्ष कृष्ण प्रसाद कडेँल चयन हुनुभएको छ ।

संस्थाको सदस्यहरूमा  यामलाल सुवेदी ,टिका राम कडेल ,नारायण प्रसाद कडेल ,केशब कडेल (ओशाका) ,चन्डि प्रसाद कडेल 'दयाराम', खिमानन्द शर्मा 'ओशाका', निखिल कडेल 'जिवन', दयाराम कडेल 'फापर चौर', शिब सुबेदी 'बिमल', बिण्णु प्रसाद कडेल ,बिण्णु प्रसाद कडेल 'रामु' खिमानन्द  कडेल, शिव न्युरे टिका राम कडेल 'रामु' गोपाल प्रसाद सुवेदी सर्वसहमत रूपमा चयन हुनुभएको छ ।

कार्यक्रममा समाजको प्रगति प्रतिबेदन सचिब शिब कडेँल करिब १ करोड १० लाख बराबरको आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपक कडेँल ले प्रस्तुत गर्नुभएको थियो । साथै सोहि अबसरमा नेपाल बाट जापान भर्मणमा रहनुभएका अभिभावक लाई सम्मान समेत गरिएको थियो । 

बिहुँकोट समाजले आफ्नो सामाजिक कामले छुट्टै पहिचान बनाऊन सफल भएको र बिहुँकोट बासि यसरी गोलबद्ध बन्नु सबैको लागि ऊदाहरणिय रहको भन्दै प्रमुख अतिथी भण्डारी ले अझँ साख ऊचोँ बनाऊने गरी काम गर्न नयाँ कार्यसमितीलाई शुभकामना प्रदान गर्नु भएको थियो ।

साथै सो कार्यक्रममा ऊपाध्यक्ष गोबिन्द प्रसाद कडेँल , ईन्द्रलाल सुबेदी ,सल्हाहकार भुमिश्वर सुबेदी लगाएत ले शुभकामना प्रदान गर्नुभएको समाजका प्रवक्ता फणिन्द्र शर्माले जनाऊनुभएको छ ।