JAPAN: 13 th December | 2019 | Friday | 8:30:08 PM || Nepal: 5:15:08 PM
 
 

कुर्दिस्तानका नेपालीहरुले बडा दशैं र तीहार सांस्कृतीक कार्यक्रम सहित एकसाथ मनाउँदै

  POSTED ON : Tuesday, 08 October, 2019 | Views : 420

कुर्दिस्तानका नेपालीहरुले बडा दशैं र तीहार सांस्कृतीक कार्यक्रम सहित एकसाथ मनाउँदै


कुर्दिस्तान, इराक ।

नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा रहेको बडा दशैंको अवसरमा कुर्दिस्तानमा रहेका नेपालीहरुले सांस्कृतीक कार्यक्रम सहित दशैंको शुभकामना आदानप्रदान गर्न लागेका छन् ।

प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकको आयोजनामा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

“सम्पुर्ण नेपालीहरुको भाषा, धर्म, संस्कृति, भेषभुषा, चाडपर्व तपाई हामीहरुकै पहिचान,  यसलाई जोगाइ राख्ने हामी युवाहरुको अभियान” नाराका साथ बडा दशै तथा दिपावलीको साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको समाजका अध्यक्ष नविनकुमार लामाले जानकारी दिनुभयो ।

समाजले अक्टोबर ११ तारिख शुक्रबार कुर्दिस्तानस्थित होली नवरज हलमा साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रम बिहान १० बजे सुरु भई साँझ ७ बजे हुने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक वर्ष झैं समाजले यसपटक पनि कुर्दिस्तानमा रहेका नेपालीहरुका साथमा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिमा बडा दशै तथा दीपावलीको शुभकामना साटासाट गर्ने लागेको अध्यक्ष लामाले बताउनुभयो ।

लामाका अनुसार कुर्दिस्तानमा रहेका नेपालीहरुलाई नेपालमा रहेर आफ्ना चाडपर्व मनाए जस्तै आभास दिलाउने र छरिएर रहेकाहरुलाई एकीकृत गर्ने उदेश्यले कार्यक्रमका आयोजना गरिएको हो ।

कार्यक्रम स्थलसम्म पुग्नका लागि समी अब्दुलरहमान पार्कबाट निस्शुल्क यातायातको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

कुर्दिस्तानमा रहेका विभिन्न सङ्घसंस्थाहरुलाई निमन्त्रणा गरिसकेको र छुटेमा यसै समाचारलाई आधारमानी उपस्थित हुन समेत समाजका अध्यक्ष लामाले सबैलाई अनुरोध गर्नुभयो ।