(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:17 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:17 PM
 

टोकियोमा हुने नेपाल फेस्टिवल सफल पार्न एनआरएन जापानद्धारा छलफल आयोजना

  POSTED ON : Sunday, 06 May, 2018 | Views : 781

टोकियोमा हुने नेपाल फेस्टिवल सफल पार्न एनआरएन जापानद्धारा छलफल आयोजना

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानले आगामी अगष्ट २५ र २६ तारिखमा आयोजना गर्न लागेको नेपाल फेस्टिवलबारे बृहत छलफल कार्यक्रम गर्ने भएको छ ।

नेपालको चिनारी, नेपाल बारे जापानमा प्रचार तथा नेपाली बिचको भेटघाट र पर्वका रुपमा विकसित हुँदै गएको महोत्सवलाई सफल पार्न आयोजक एनआरएनए जापानले यही १२ तारिख दिनको ३ बजे छलफल कार्यक्रम आयोजना गरेको सचिव जनकविक्रम शाहीले जानकारी दिनुभयो ।

यसबर्षको नेपाल फेस्टिवल सेतागाया कुको कोमाजावा ओलम्पिक पार्कमा आयोजना गरिने तयारी स्वरुप पार्क क्षेत्रमा बुकिगं समेत गरिसकिएको शाहीले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

नेपाल फेस्टिवलको लागि स्थान र मिति तय भईसकेको भन्दै सचिव शाहीले अन्तरिक तयारी थालिएको र यसको लागि जापानमा रहेका सबै संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरि सभ्य रुपमा भव्य सफल बनाउन हातेमालो गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

छलफल कार्यक्रम आउँदो १२ तारिख ओकुबुमा रहेको सोलमारी रेष्टुरेण्टको सभाहलमा दिनको ३ बजे आयोजना गरिएकाले सबैलाई उपस्थितिको लागि एनआरएनए जापानका सचिव जनक बिक्रक शाहीले अनुरोध समेत गर्नुभयो ।

बुद्ध जन्मस्थल चिनाउन शान्ती र्याली