(JAPAN) 16 th October | 2019 | Wednesday | 6:11:14 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:56:14 PM
 

पत्रकार महासंघ जापानको अध्यक्षमा पुन मोहन घले, उपाध्यक्षमा पूर्ण चलाउने र कुमार मोक्तान

  POSTED ON : Monday, 30 September, 2019 | Views : 60

पत्रकार महासंघ जापानको अध्यक्षमा पुन मोहन घले, उपाध्यक्षमा पूर्ण चलाउने र कुमार मोक्तान


टोकियो, जापान ।

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा पुन मोहन घले निर्वाचीत भएका छन् । आईतबार भएको अधिवेशनका क्रममा मोहन घले अध्यक्ष दावेदार प्रेमिला गौचनलाई पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

अधिबेशनका क्रममा निर्वाचन हुँदा उपाध्यक्षमा पूर्ण चलाउने र कुमार मोक्तान बिजयी हुँदा क्रमश गोकर्ण अधिकारी र रविन्द्र श्रेष्ठ पराजित भएका थिए ।

१५ सदस्यिय कार्य समितिका अधिकाशं पदमा अध्यक्ष मोहन घलेले आफु निकट तथा समर्थकलाई सर्वसम्मत गराउन सफल भएका थिए ।

समितिको उपाध्यक्ष सहित सचिव, कोषाध्यक्ष लगायतमा घलेले चाहेकै व्यक्ति निर्वाचीत हुँदा त्यसमा दावेदार व्यक्तिहरु पन्छाईएका थिए ।

सचिबमा शान्तकुमार पहरी तथा कोषाध्यक्षमा आनन्द कोईराला चयन भएका छन् । सह(सचिवमा भने अर्जुन लामिछाने र इन्दिरा खनाल सर्वसम्मत हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सजिना मोक्तान, लक्ष्मी पौडेल, राम तामाङ, दीपक गौतम, विश्वाश आचार्य, राजन गौतम, कृष्ण अधिकारी र सागर देबकोटा सर्वसम्मत चयन हुनुभयो ।

अधिवेशनको बन्दसत्रमा सचिवको अनुपस्थितिमा सहसचिब कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन हलमा उठेको जवाफपछि पारित गरिएको थियो ।

घोषणा सभामा महासंघका केन्द्रिय महासचिब रमेश बिष्ट, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य पवनबर्षा शाह लगायतको उपस्थिति रहँदा नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापना गरेका तथा पूर्व अध्यक्ष सहित स्वयं अध्यक्ष एवं उपाध्यक्षका उम्मेद्दार बन्ने घोषणा गरेका व्यक्तिहरुको समेत उपस्थिती रहेको थिएन ।

अभिवेशनका क्रममा घोषणा सभामा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ,आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मञ्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा। भुपालमान श्रेष्ठ, नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले नवनिर्वाचीत कार्यसमितिलाई बधाई दिंदै आफ्ना धारणा राख्नुभएको थियो ।

घोषणा सभामा नवनिर्वाचीत कार्यसमितिको घोषणा निर्वाचन समितिका सदस्य चन्द्र खनालले गर्नुभएको थियो । अधिवेशन निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा दोस्रो पदक अध्यक्ष पद सम्हालेका मोहन घलेले आफ्नो प्रतिबद्धता मन्तब्य राखेका थिए । कार्यक्रम कार्यसमितिका सदस्य राजन गौतमले सञ्चालन गरेका थिए ।