(JAPAN) 16 th October | 2019 | Wednesday | 7:01:35 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:46:35 PM
 

एनआरएनए आईसिसि सचिवमा जापानबाट बुद्धिराज घिमिरेको उम्मेद्दारी

  POSTED ON : Monday, 16 September, 2019 | Views : 80

एनआरएनए आईसिसि सचिवमा जापानबाट बुद्धिराज घिमिरेको उम्मेद्दारी


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ जापानका पूर्व महासचिव बृद्धिराज घिमिरेले अन्तराष्ट्रीय समन्वय परिषद आईसिसिको सचिव पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानको कान्तो क्षेत्रको सचिव हुँदै एनआरएनए जापानको सचिव र महासचिवको कार्यकाल सफलतापूर्वक पुरा गरेका घिमिरेसँग नेपालमा समेत ३ बर्ष प्रसासनिक फाटमा काम गरेको अनुभव रहेको छ ।

आफ्ना अनुभवलाई सदुपयोग गर्न साथै एनसिसिमा रहेर जिम्मेवारी लिदै गर्दा आईसिसिसँग राखिएका अपेक्षाहरु त्यहिँ रहेर कार्यान्वयन गर्नको लागि आफुले आईसिसिको सचिव पदमा उम्मेद्दारी दिएको बताए । 

यसका साथै प्रवासी नेपालीहरुसँग सम्वन्ध र सहकार्यलाई थप मजबुद गर्नको लागि आफुले सचिवमा उम्मेद्धारी दिने घोषणा गरेको घिमिरेको भनाई छ ।

सन् २०११ १३ मा कान्तो क्षेत्रको सचिवमा निर्विरोध चयन भएका घिमिरे सन् २०१५/१७ मा एनआरएनए जापानको सचिवमा चयन भएका थिए । यद्यपी सो समयमा महासचिवको अनुपस्थितिले सो पदको समेत जिम्मेवारी पुरा गरेका घिमिरे १७र१९मा एनआरएनए जापानको महासचिव रहेका थिए ।

जापानमा एक दशकदेखी रेष्टुरेण्ट र रेमिट्यान्स व्यवसाय गर्दै आएका घिमिरेले एक दर्जन बढी संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर सफल जिम्मेवारी समेत पुरा गरेका छन् ।

आसन्न एनआरएनए आईसिसिको ग्लोवल सम्मेलन अक्टुवर १५, १६ र १७ तारिख काठमाडौंमा हुदै छ भने २०१९/२१ कार्यसमितिको लागि सचिवमा निरन्तरता दिने घोषणा गरेका घिमिरेले क्षेत्रीय समिति र एनसिसिमा आफुले गरेको कामको अनुभव, जिम्मेवारी र अग्रजलाई ससम्मान दिदै सचिवमा उमेदवारी दिन लागेको जानकारी गराए ।

एनसिसि जापानको सफल कार्यकालका क्रममा सुदन थापाको नेतृत्वकालमा सचिव र टासि वाङदी लामाको नेतृत्व रहँदा महासचिवको भुमिकामा रहेका घिमिरे जापानको एनआरएनए नेतृत्वलाई सफलतापूवर्क सम्हालेको कार्यानुभव आईसिसि सचिवको उमेदवारीको लागि योग्य भएको बताउँछन् ।