JAPAN: 13 th December | 2019 | Friday | 7:56:21 PM || Nepal: 4:41:21 PM
 
 

एनआरएनए जापानको नवौं राष्ट्रिय महाअधिवेशन तयारी पुरा, अध्यक्षमा पाँचजनाको दावेदारी

  POSTED ON : Thursday, 05 September, 2019 | Views : 222

एनआरएनए जापानको नवौं राष्ट्रिय महाअधिवेशन तयारी पुरा, अध्यक्षमा पाँचजनाको दावेदारी


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ जापानले आफ्नो नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

सेप्टेम्बर ६ तारिख शुक्रवार टोकियोको नाकानो जिरो हलमा अपरान्ह १२ ३० बजेबाट आयोजना हुने नवौं राष्ट्रिय महाअधिवेसन तयारी पुरा भएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

महाधिवेसनमा २०१९/२१ कार्यकालको लागि नेतृत्व छनौट तथा आठौं कार्यकालमा गरिएको कामको प्रतिवेदन प्रमुख रहने छ। महाधिवेसनमा आईसिसि अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु संगै अन्य राष्ट्रबाट पनि एनसिसि अध्यक्ष लगायतको उपस्थिति रहने छ ।

युवाहरुको जोश ,जागर र आत्मबल बडाउनका साथै प्रेरणा युक्त उर्जा मुलक सन्देशको लागि 'वर्तमान सन्दर्भ मा प्रवासी युवा हरुको दायित्व र चुनौती' बिषयक मोटिभेसन मनतव्य महानायक राजेश हमाल बाट हुने छ । साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुति रहने महासचिव घिमिरेले जानकारी दिनुभयो ।

सन १९/२१ को कार्यकालको लागि निर्वाचन समितिले मिति २०१९ सेप्टेम्बर  ८ तारिक आईतवार, निर्वाचन सम्पन्न गर्ने र निर्वाचन  बिधुतिय माध्यम 'अनलाईन'बाट गर्ने बताईएको छ । 

यसपटकको एनआरएनए जापानको अध्यक्षमा मात्रै निवर्तमान अध्यक्ष टासीवांग्दी लामा सहित पाँच जनाले उम्मेद्दारी दिएका छन् ।

यसबारेमा समाचार हेर्नुहोस्

एनआरएनए जापान अध्यक्षमा पाँच जनाको दावेदारी, यस्ताछन् उम्मेद्दार 

एनआरएनए जापानको आगामी अधिवेशनले अध्यक्ष १,वरिष्ठ उपाध्याक्ष १, उपाध्याक्ष ५-महिला,युवा, क्षेत्र र खुल्ला २, महासचिव १, सचिव ३, १ क्षेत्र, खुल्ला २, कोषाध्यक्ष १, सहकोषाध्क्ष १, ८ सदस्य एक महिला सहितको निर्वाचन गर्नेछ ,भने आईसिसि सदस्य २, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १,कोषाध्यक्ष र महिला संयोजक निर्विरोध भई सकेको निर्वाचन प्रमुख आयुक्त राजन प्रधानाङग ले जानकारी दिनुभयो ।

नवौं राष्ट्रिय महाधिवेसन को लागि पंजिकृत सदस्य, आईसिसि,संघ संस्था ,क्षेत्रीय समिति र सम्वन्धित सरोकारवाला लाई निमन्त्रणा पठाई सकिएकोले कुनै कारणबस निमन्त्रणा छुटेमा यसै लाई आधारमानि उपस्थितिको लागि अध्यक्ष टासि वाङदी लामाले अपिल गर्नु भएको छ ।