(JAPAN) 22 nd August | 2019 | Thursday | 9:11:47 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:56:47 PM
 

एनआरएनए जापान कान्तोको नेतृत्वमा राकेश रुम्बा, यस्तो छ नयाँ कार्यसमिति नामावली सहित

  POSTED ON : Sunday, 21 July, 2019 | Views : 90

एनआरएनए जापान कान्तोको नेतृत्वमा राकेश रुम्बा, यस्तो छ नयाँ कार्यसमिति नामावली सहित


टोकियो, जापान ।

राकेश रुम्बाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्दै गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समिति छैठौ अधिवेशन सम्पन्न भएको छ ।

कान्तो क्षेत्रबाट सुरु भएको एनआरएनए जापानको क्षेत्रिय अधिवेशनका क्रममा रोकश रुम्बा सहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

यसअघि कार्यसमितिको कोषाध्यक्षमा रहेका रूम्बा एनआरएनए जापानका अध्यक्ष सहित मुख्य पदाधिकारीहरुको पहलमा संयोजकमा सहमतिमा चयन भएका हुन् ।

एनआरएनए कान्तोको अधिबेशनबाट सहमतिमा नेतृत्व चयन गरिँदा उपसंयोजकमा तीनजना परेका छन् ।

कान्तो क्षेत्रको निर्वाचनको जिम्मेवारी भने शालिकराम भण्डारीले पाएका थिए ।

यस्तो छ एनआरएनए जापान कान्तो क्षेत्रको नयाँ कार्य समितिका पदाधिकारीहरूको नाम

संयोजक

१ राकेश लामा रूम्बा

उप-संयोजक

१. दीपेश खत्री

२. भीमसेन रायमाझी

३. चन्द्रा के.सी

सचिब

विमानसिंग मोक्तान

सह-सचिब

१.मनोज श्रेष्ठ

२.नेत्र पाण्डेय

कोषाध्यक्ष

सागर कार्क़ी

सह-कोषाध्यक्ष

सैलेंन्द्र खड़का

सदस्यहरु

१. रमेश भण्डारी

२. अस्मिता महर्जन

३. बिप्लब सूबेदी 'दिपक'

४. नीरा उपाध्याय

५. बिनोद राई

६. अनोज के।सी

आज आईतबार २१ तारिख क्युसु क्षेत्रको अधिवेशन हुँदैछ ।

यसैगरि चिबा र नागोयाको आगामी २७ तारिख अधिवेशन हुँदैछ भने त्यसअघि २४ तारिखमा कान्साई क्षेत्रको अधिवेशन मिति तोकिएको छ ।

यसैगरि गुन्बाकेनको अगष्ट ४ तथा सिजुओखाको अगष्ट ११ तारिख र नागानोको भने जुलाई २२ तारिख अधिवेशन हुँदैछ ।