JAPAN: 13 th December | 2019 | Friday | 7:53:51 PM || Nepal: 4:38:51 PM
 
 

एनआरएनए एशिया प्यासिफिक उपसंयोजक पारसमणि पोखरेलद्धारा संयोजकमा उम्मेद्धारी घोषणा

  POSTED ON : Saturday, 20 July, 2019 | Views : 443

एनआरएनए एशिया प्यासिफिक उपसंयोजक पारसमणि पोखरेलद्धारा संयोजकमा उम्मेद्धारी घोषणा


टोकियो, जापान ।

जापानमा रहेर व्यवसाय सहित सामाजिक सेवा र नेपालको पर्यटन तथा जापानी उद्योगीलाई नेपालमा लगानी गर्न प्रवद्र्धनात्मक कार्यक्रममा सक्रिय रहँदै आउनुभएका व्यक्ति हुन् पारसमणि पोखरेल ।

यस बाहेक नेपाल बाहिर रहेका नेपालीहरुमाझ गैर आवासिय नेपाली संघको सक्रिय अभियन्ताका रुपमा समेत परिचय बनाउनुभएका उनै पारसमणि पोखरेलले एनआरएनए प्यासिफिक संयोजकमा उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

विश्वभरमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनएको अधिवेशन नजिकिदै जाँदा एनआरएनए एशिया प्यासिफिकका वर्तमान उप-संयोजक पारस मणि पोखरेलले एशिया प्यासिफिकको संयोजकमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको हो ।

नेपालमा रहँदै देखि सामाजिक क्षेत्रमा क्रियाशिल पोखरेल सन् २००१ मा रोटरीको ग्रुप स्टडी एक्सचेन्ज कार्यक्रम अन्तर्गत नेपाल बाट १ जना र भारतबाट ४ जनाको टोलिमा ६ हप्ता जापानको विभिन्न क्षेत्रमा अवलोकन गर्ने अवशर प्राप्त गर्नुभएको थियो ।

२००४ मा रोटरी फाउन्डेसनको प्रतिष्ठित छात्रवृति रोटरी एम्बासोडोरिअल स्कलरशिप पाएर जापान पूनः आउनुभएका पोखरेलले टोक्योको प्रतिष्ठित विश्व बिद्यालय इन्टरनेस्नल क्रिस्चियन युनिभर्सिटीमा आफ्नो अध्ययन पुरा गरी जापानमा व्यवशायमा प्रवेश गर्नु भएको थियो । पोखरेल हाल जापानको नागोयामा रहेको सामिका ग्रुपका अध्यक्षको रुपमा व्यवसायिक रुपमा सक्रिय हुनुहुन्छ ।

जापानमा आफ्नो अध्ययन र व्यवशाय संगसंगै सामाजिक कार्यलाई पनि निरंतरता दिईरहनु पोखरेल एनआरएनए जापानको पहिलो क्षेत्रिय समिति नागोयाको संस्थापक संयोजक हुदैँ संस्थागत रुपमा सामाजिक क्षेत्रमा लागेको स्मरण सुनाउनुहुनछ ।

तत् पश्चात कर्मभूमिमा नेपालीहरुको संख्या वृद्धि संगै धेरै समस्याहरू देखा परेको बताउदै एनआरएनए मार्फत नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ आफु अहिले सम्म यसै अभियानमा लागेको पोखरेलको भनाई छ ।

२४ बर्ष देखि निरन्तर रोटरी क्लबमा सक्रिय पोखरेल आफ्नो अनुभव एनआरएनमा प्रयोग गर्दै अगाडी बढन सहज भएको अनुभव सुनाउनुहुन्छ ।


पोखरेल एनआरएनए जापानको केन्द्रिय सदस्य, सल्लाहकार, अध्यक्ष अनि आइसीसी सदस्य हुदै हाल एसिया प्यासिफिकका उप संयोजकको जिम्बेवारीमा हुनुहुन्छ ।

हालै मात्र जापानको नागोयामा पहिलो पटक नेपाल फेस्टिवल पोखरेलको संयोजकत्वमा सफल पश्चात जापानमा सबैको तारिफ पनि पाएका थिए ।

एनआरएनए जापानको अध्यक्ष हुदा पहिलो पटक अनलाइन सदस्यता सुभारम्भ, एनआरएनए जापानबाट नेपाल फेस्टिवल सुरुवात, नेपालमा गएको महाभूकम्पमा जापान बाट उल्लेखनीय राहत संकलन, एनआरएन कार्यालय जस्ता महत्वपुर्ण कार्यको थालनी जापानवासी  नेपालीले सम्झन लायक काम भएको पोखरेल बताउनुहुन्छ ।

गत बर्ष डिसेम्बरमा हंगकंगमा र यो बर्ष जुलाईमा म्यान्मारमा भएको  एशिया प्यासिफिक मिटिंगमा आफ्नो छाप छोडेका पोखरेलले २०१८ मा जापानको नागोयामा एसिया प्यासिफिकको आयोजनामा जापानी समुदायलाई लक्षित गर्दै इन्भेस्टमेन्ट सेमिनार समेत सम्पन्न गर्नुभएको थियो ।

आफुले पाएको जिम्वेवारी आफुले जहिले पनि ईमान्दारीका साथ पुरा गर्ने गरेको बताउँदै एनआरएनए एसिया प्यासिफिक संयोजकमा बिजयी हुने कुरामा विश्वस्त देखिनुभएका पोखरेल भन्नुहुन्छ अनुभव, जिम्मेवारीपन, सबैको विश्वास र साथनै अव एनआरएनए एशिया प्यासिफिकको संयोजक बन्ने मेरो आधार बनेको छ ।