(JAPAN) 21 st July | 2019 | Sunday | 8:57:48 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:42:48 AM
 

नागोयाका नेपालीको शिर उच्च राख्नेगरि काम गर्ने प्रतिवद्धता सहित श्याम सितलद्धारा एनआरएनए नागोया क्षेत्रको संयोजकमा उम्मेद्वारी घोषणा

  POSTED ON : Friday, 12 July, 2019 | Views : 168

नागोयाका नेपालीको शिर उच्च राख्नेगरि काम गर्ने प्रतिवद्धता सहित श्याम सितलद्धारा एनआरएनए नागोया क्षेत्रको संयोजकमा उम्मेद्वारी घोषणा


नागोया, जापान ।

नागोयावासी नेपालीहरुको हक हितको लागि कामगर्ने सदिच्छा र नागोयावासी नेपालीहरुको शिर उच्च राख्नेगरि काम गर्ने प्रतिवद्धता सहित श्याम सितलले एनआरएनए जापान नागोया क्षेत्रको संयोजकमा उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ 'एनआरएनए' जापान क्षेत्रीय समिति तोकाई (नागोया) का वर्तमान सचीव समेत रहनुभएका श्याम शितलले संयोजकमा उम्मेदवारी घोषणा सहित आफ्ना प्रतिवद्धता समेत सार्वजनिक गर्नुभएको छ ।

लोक तथा आधुनिक गीत संगित, गायन र सृजनामा समेत सक्रिय सितल जापानमा करिव आधा दर्जन संघसंस्थामा आवद्ध रहेर काम गर्दै आउनुभएको छ ।

नागोया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमाझ परिचित श्याम सितल धादिङ समाज जापानको सल्लाहकार समेत हुनुहुन्छ ।

सितलले आफुले सचिबको भूमिकामा रहेर जिम्मेवारी पुर्वक काम गरिरहेको र थप जिम्मेवारी बहन गर्दै नागोया क्षेत्रको संयोजकको जिम्मेवारी लिएर प्रवासमा रहेका नेपालीहरुको हकहितका लागि अझ सक्रिय भएर काम गर्न चाहेकोले आफुले उम्मेद्धारी घोषणा गरेको जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

आफुलाई युवा सामाजिक अभियन्ताको रुपमा चिनाउनुहुने श्याम सितलले नागोया क्षेत्रको संयोजक पदको लागि अग्रजहरुसँग सल्लाह तथा सहकर्मीहरुको सुझाव अनुसार उम्मेद्धारी घोषणा गरेको बताउँदै सबै नागोयावासी नेपालीहरुको साथ र सहयोगसँगै जापानवासी नेपालीहरुको शुभेच्छा पाउने आशा व्यक्त गर्नुभयो ।

एनआरएनए जापान नागोया क्षेत्रको संयोजकमा उम्मेद्धारी घोषणा गर्नुभएका श्याम सितलले आफुले सदैव सबैको अमुल्य सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आदरर्णीय अग्रज अनुज हजुरहरु सबैमा नमस्कार 

      सर्बप्रथम आजको दिन सम्म हजुरहरुले दिनु भएको माया साथ र सहयोग प्रति सदा आभारी रहनेछु।तपाइहरु कै सल्लाह बमोजिम यस बर्तमान कार्यसमितिको सचिबको जिम्मेबारी सम्हाली रहेको छु । जिम्मेबारी बहन गरी रहदा अन्जान बस कहि कतै गल्ति हुन गएको भए ह्रिदय देखि नै माफी चाहन्छु ।
आज बर्तमान कार्यसमितिको कार्यकाल सकिनै लाग्दा र आगामी कार्यकालको लागि अधिबेसन नजिकिदै गर्दा आज सम्म काम गरेको अनुभबले भएका कमी कमजोरिलाई नजिक बाट नीयालेको र नागोयाबासी सबैको हक हितका लागि  मनै देखी काम गर्ने इच्छा पलाएको हुँदा बर्तमान कार्यसमितिको बाँकी कामहरुलाई पूर्णता दिदै यस नागोया क्षेत्रको नाम उच्च राख्ने प्रातिबद्धता ब्यक्त गर्दै आगामी कार्यकालको लागि गैर आवसिय नेपाली संघ क्षेत्रिय समन्वय समिति नागोयाको संयोजक पदको जिम्मेबारी सम्हाल्ने मनसायका साथ उम्मेदबारी दिने मनस्थिती बनाएको छु ।
यस बिषयमा मैले सम्पूर्ण मेरा आदर्णीय अग्रज हजुरहरु सँग अनौपचारिक रुपमा छलफल गरी सकेकै छु । यदि हजुरहरुको साथ र सहयोग बिना मैले पदमा बसेर पनि कुनै अर्थ नहुने हुँदा हजुरहरुले निर्णय नै अन्तिम निर्णय मान्दै सधैं आफुलाई तपाईंहरु कै छाया बनाएर हिडाउने प्रातिबद्धता ब्यक्त गर्दछु । 

       हजुरहरुको अमुल्य सल्लाह सुझाबको अपेक्षा गर्दछु। धन्यबाद ।  

               श्याम सितल 

            सचिब NRNA नागोया