(JAPAN) 21 st July | 2019 | Sunday | 9:27:23 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:12:23 AM
 

नेपाल जापान सोसाईटीद्धारा नयाँ युगमा नेपालको जलविद्युत र जडिबुटीमा लगानी गर्ने योजना

  POSTED ON : Wednesday, 10 July, 2019 | Views : 66

नेपाल जापान सोसाईटीद्धारा नयाँ युगमा नेपालको जलविद्युत र जडिबुटीमा लगानी गर्ने योजना


टोकियो, जापान ।

नेपाल जापानविच रहेको एेतिहासिक सम्बन्धलाई जनस्तरमा पुर्याउन गठन भएको जापान नेपाल फेण्डशिप सोसाईटिको हालै सम्पन्न बैठकले जापानिज नयॉ शताब्दी रेईवाको धोषणासगै नयॉ वर्षको योजनाहरु तय गरेको छ । 

जापान नेपाल सोसाईटिका अध्यक्ष तादासि यामागिसिको अध्यक्षतामा टोकियोमा सम्पन्न बैठकले गएको वर्षमा भएको कामहरुको समीक्षा एवं नयॉ शताब्दी रेईवामा गर्ने सकिने योजनाहरुका बारेमा प्रस्ताव गर्नु भएको थियो ।

अध्यक्ष यामागिसिले गर्नु भएको प्रस्तावमा जलविद्युत र नेपालमा पाईने हिमालय जडिबुटी क्षेत्रमा लगानि गरिने प्रस्तावमा बैठकले सहमती जनाएको छ ।

सोसाईटिले जापान र नेपाल विच सहकार्य बढाउन जापानी नागरिकहरुको सहभागितामा जापानमा एउटा समिति र नेपालमा नेपालीहरुको सहभागितामा एउटा समिति निर्माणगरी ब्यबसाय, सामाजिक सहयोग एवं अनुभव र प्रविधिको आदान प्रदान गर्दै आईरहेको छ । 

जापानको इतिहासमा जापानमा नयॉ सम्राटको नयॉ कार्यकालसगै शताब्दी (शासन काल) परिवर्तन हुने गर्दछ । जस अनुसार सम्रात नारुहितोको नयाँ शासनकालको नाम रेईवा राखिएको छ ।

सम्पन्न बैठक र योजनाहरुको बारेमा जानकारी दिदै  सोसाईटिका उपाध्यक्ष कर्पु शेर्पाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सोसाईटिले लगानीका लागि दुबै देशका लगानीकर्ताहरुलाई उपयुक्त क्षेत्रको छनौट, वातावरणको निर्माण एवं कानुनि सहायतासगै अनुभवको आदनप्रदानलाई प्राथमिकता राखेको जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

शेर्पाले यस शताब्दीको शुरुवातसँगै नेपालमा देखिएको राजनैतिक स्थिरता एवं लगानीको वतावरण उत्तम रहेको हुँदा सोसाईटिको लक्ष्य अनुसारको योजनाहरुले मूर्तरुप लिने विस्वास ब्यक्त गर्नु भयो । 

सोसाईटीले संस्थालाई ब्यावसायिक सहजताका लागि अधिकतम उपयोगितामा ल्याउने बताउँदै नेपालमा यसको उपस्थिति दरिलो बनाउदै लैजाने योजनाहरु पारित गरेको छ ।