(JAPAN) 16 th October | 2019 | Wednesday | 7:37:47 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:22:47 PM
 

अभिनेता राजेश हमालको उपस्थितिमा फुकुओकामा विशेष प्रेरणादायी कार्यक्रम हुँदै

  POSTED ON : Friday, 05 July, 2019 | Views : 117

अभिनेता राजेश हमालको उपस्थितिमा फुकुओकामा विशेष प्रेरणादायी कार्यक्रम हुँदै


फुकुओका, जापान ।

जापानको फुकुओकामा रहेका नेपालीहरुमाझ चर्चित अभिनेता राजेश हमालको उपस्थितिमा प्रेरणादायी अभिमुखिकरण सहितको अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।

आगामी अगस्ट महिनाको ३१ तारिख शनिवार विद्यमान चुनौतीहरुको सामना गर्दै संभावनाहरुको खोजी गरी कसरी अगाडी बढ्न सकिन्छ भन्नेबारे अन्तर्क्रिया हुने भएको हो ।

कार्यक्रममा सम्बन्धित क्षेत्रका अनुभवी वक्ताहरुले प्रेरणादायी मन्तव्य दिने छन् । जसमा प्रमुख वक्ताकोरुपमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल सहभागी हुनेछन् ।

कार्यक्रम संयोजक धर्मराज अधिकारीको समेत विशेष प्रस्तुती रहने कार्यक्रम फुकुओकाको हाकाता स्थित योशिजुका होन्चोमा हुने भएको छ ।

कार्यक्रम अपरान्ह १ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान जापान’ को आयोजनामा हुन लागेको ’नेपाली समाज बृहद अभिमुखीकरण कार्यक्रम '२०१९’ मा क्युशु क्षेत्रमा रहेका नेपालीहरुलाई सहभागीता जनाउन आयोजकले निमन्त्रणा समेत गरेको छ ।

कार्यक्रममा सहभागी हुन कुनैपनि शुल्क नलाग्ने भएकाले मौकाको सदुपयोग गर्न आयोजकले सबै जापानवासी नेपालीमा अनुरोध गरेको छ ।