(Japan) 29 th March | 2024 | Friday | 7:32:42 PM || (Nepal) 4:17:42 PM
 
 


विश्व आदिवासी दिवसमा नेफिन जापानको अगष्ट ११ मा सांस्कृतिक कार्यक्रम

  POSTED ON : Thursday, 04 July, 2019 | Views : 2767

विश्व आदिवासी दिवसमा नेफिन जापानको अगष्ट ११ मा सांस्कृतिक कार्यक्रम


टोकियो, जापान ।

२५ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ 'नेफिन' जापानले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

अगस्ट ९ तारिखका दिन परेको विश्व आदिवासी दिवसको अवसरमा ११ अगस्ट आईतवारका दिन टोकियोमा २५ औं विश्व आदिवासी दिवस विबिध सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।

उक्त दिन जातीय संस्कृति झल्किने झाँकी, जातीय मौलिक सांस्कृतिक नाच तथा विविध कार्यक्रमका आयोजना गरिने नेफिनका अध्यक्ष टेक बहादुर 'सुमन' लिम्वूले जानकारी दिनुभयो ।

विश्व आदिवासी दिवसका अवसरमा महासंघसंग आवद्ध संघसंस्थाहरुले आ-आफ्नो तर्फबाट त्यसको तयारीमा जुट्न हार्दिक अनुरोध समेत समेत गरेको छ ।

२५ औं विश्व आदिवासी दिवसको ब्यबस्थापनका लागि नेफिन जापानका उपाध्यक्ष पेम्बा शेर्पालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रम नेफिन जापानले आयोजना गर्ने छ भने नेफिनमा आवद्ध सहित अन्य जातीय संघ संस्थाहरु सह-आयोजक रहने बताईएको छ ।

सम्बन्धित सामग्री: