(Japan) 19 th April | 2024 | Friday | 12:58:35 PM || (Nepal) 9:43:35 AM
 
 


नमस्ते चिवामा नयाँ कार्य समिति, पवन लामा अध्यक्ष, सुरेश गुरुङ उपाध्यक्षमा चयन

  POSTED ON : Monday, 17 June, 2019 | Views : 2299

नमस्ते चिवामा नयाँ कार्य समिति, पवन लामा अध्यक्ष, सुरेश गुरुङ उपाध्यक्षमा चयन


चिबा, जापान ।

नमस्ते चिवा जापानले आफ्नो नयाँ नेतृत्व चयन गरेको छ । चिवाको फुनावासीमा बसेको बैठकले नयाँ कार्य समिती गठन गरेको हो ।

संयोजक पवन लामाको अध्यक्षतामा बसेको बैठकले लामाकै अध्यक्षतामा नयाँ कार्यसिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा सुरेश गुरुङ, सचिबमा राजेश मैनाली, सह(सचिवमा दिनेश गौतम र कोषाध्यक्षमा खगेन्द्र भट्ट रहेका छन् ।  

त्यसैगरी सदस्यहरुमा दिपसन गिरी, शुवर्ण बोहरा, सुगम बस्याल, फुरी शेर्पा, रविन भेटवाल, शिव मैनाली, अर्जुन सुनार र माधव पौडेल रहेका छन् । 

संरक्षकमा बिक्रम तमाङ र बीरेन्द्र बिष्ट, सल्लाहकारमा दिनेश शर्मा र अजिज जङ रानालाई चयन गरिएको अध्यक्ष लामाले जानकारी दिए । 

समितिको आजै बसेको पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पत्रकार दीपक गौतमलाई दिने निर्णय गरेको छ । ‘लामो समय पत्रकारिता गरेको र साङ्गाठानिक अनुभब पनि भएकाले गौतमलाई प्रवक्ता तोकिएको हो’ अध्यक्ष लामाले भने । 

सोही बैठकले गतसाता आयोजना गरिएको प्रथम चिवा कप सफल पार्न सहयोगि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।  साथै जुलाई ९ गते प्रदर्शन गर्न लागिएको ‘पुरानो बुलेट’ को प्रदर्शनीलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित सामग्री: