(JAPAN) 18 th November | 2019 | Monday | 5:46:57 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:31:57 PM
 

नेप्लिज ग्लोबल ग्रुपद्धारा आयोजित पिकनिक सम्पन्न

  POSTED ON : Thursday, 13 June, 2019 | Views : 119

नेप्लिज ग्लोबल ग्रुपद्धारा आयोजित पिकनिक सम्पन्न


लक्ष्मि पौडेल-टोकियो, जापान ।

नेप्लिज ग्लोवल ग्रुपले भाईचारा, भातृत्व र सहकार्यको विकास होस भन्ने उदेश्यले शमर वार्विक्यू पिकनिक सम्पन्न गरेको छ ।

टोकियोस्थित आकिगावा पार्कमा भएको वार्विक्यूमा नेप्लिज ग्लोवल ग्रुपद्वारा सञ्चालित रिसाईकल सप, रेष्टुरेण्ट तथा मिडियाका कर्मचारिहरुको सहभागिता रहेको थियो ।

प्रवासमा रहंदा स्टाफहरुमा पारिवारिक न्यास्रोपना नहोस साथै परिवारिक माहोल सिर्जना होस भनेर  यस्तो कार्यक्रम गरियको ग्रुपका प्रमुख कृष्ण खड्काले वताउनुभयो।

सहभागिहरु विभिन्न परिकारका खानासंगै सांस्कृतिक कार्यक्रममा रमायका थिय।

नेपालमा परम्परागत रुपमा चलिआयको वनभोज कार्यक्रम प्रवाशमा रहेर पनि आयोजना गरेर सहभागि भई नेपालकै झल्को मेटाउने अवसर मिलाएकोमा  सहभागिहरुले खुसि व्यक्त गरेका थिय। 

कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न क्षेत्रवाट सहयोग गर्ने  र कार्यक्रममा उपस्थित सवैलाई ग्रुपका वजार व्यवस्थापक कृष्ण खड्काले धन्यवाद व्यक्त गर्नुभएको थियो।

 नेपालिहरुको सेवामा तत्पर रहंदै आईरहेको नेप्लिज ग्लोवल ग्रुपले रिसाईकल सप, रेष्टुरेण्ट र मिडियाद्वारा प्रत्येक हप्ताको सोमवार राति दश वजे साप्ताहिक न्युज प्रसारण गर्दै आईरहेको छ।