(JAPAN) 22 nd August | 2019 | Thursday | 8:45:21 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:30:21 PM
 

स्याङ्ग्जा समाज जापानद्धारा जुन ३० मा टोकियोमा पिकनिक आयोजना

  POSTED ON : Monday, 10 June, 2019 | Views : 85

स्याङ्ग्जा समाज जापानद्धारा जुन ३० मा टोकियोमा पिकनिक आयोजना


टोकियो, जापान ।

जापानमा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्ग्जा समाज जापानले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि सम्मर वार्वेक्यु (पिकनिक) कार्यक्रम गर्ने भएको छ ।

समाजले राहत कोष संकलनको लागि गत बर्ष जस्तै यस वर्ष पनि पिकनिक कार्यक्रम आयोजना गर्न लागेको समाजका सचिव चित्र गुरुङले जानकारी दिनुभयो ।

नेरिमा कु स्थित हिकारी गाओका नारिमासमा गरिने यस पिकनिकमा प्रती व्यक्ती ३००० जापानी येन शुल्क राखिएको छ । यसैगरि जोडी आगन्तुकलाई भने ५००० येन शुल्क राखिएको बताईएको छ ।

आगामी जुन ३० तारिख आइतवार हुने पिकनिकमा जापानबासी नेपालीहरुलाई  सहभागीताको लागि स्याङ्ग्जा समाजले अनुरोध गरेको छ ।

पिकनिक कार्यक्रम हुने स्थान :

4 choume-1-1 Hikarigaoka,Nerima city

Tokyo-to 179-0072

Narimasu station,Higarigaoka station