(JAPAN) 18 th June | 2019 | Tuesday | 4:21:45 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:06:45 PM
 

क्षयरोग पिडित गौतमको उपचारको लागि बाग्लुङ समाज जापानको पहलमा आर्थिक सहयोग

  POSTED ON : Saturday, 08 June, 2019 | Views : 21


टोकियो  जापान ।  

बाग्लुङ समाज जापानको नेतृत्वमा रामु गौतमको उपचारको लागि  संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । क्षयरोगबाट ग्रसित भै बिगत ३ महिना देखि योकोहामा हस्पिटलमा उपचाररत रामु गौतमलाई हस्पिटल मै पुगेर संकलित एक लाख साठि हजार जापानी येन रकम हस्तान्तरण गरिएको हो । 

ताराखोला गाउँपालिका ५ तारा स्थायी ठेगाना भएका ३७ बर्षिय गौतम ३ बर्ष अघिदेखि रोजगारीको सिलसिलामा जापानमा कार्यरत हुनुहुन्थ्यो । यसअघि जापानमै बिरामी परेपछि उहाँका निकटका साथीभाइ, आफन्तजनको सहयोगमा उपचार खर्च जुटाइ नेपाल फर्केर उपचार गरेर निको भएपछि पुनस्  जापान आउनुभएको  थियो । 

बाग्लुन समाज जापान र खानागावा नेपाली कम्युनिटीका पदाधिकारीको रेखदेखमा उपचार गराई रहनुभएका गौतम अहिले लगभग पुर्ण रूपमा स्वस्थ  हुनुभएको र उहाँको आगामी साता हस्पिटलले डिस्चार्ज गर्न लागेको बाग्लुङ समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।  

अभियानमा साथ दिने सबै सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि मानबीय र समाजिक सेवाका लागि चलाइने अभियानमा यसैगरी साथ र सहयोगको अपेक्षा रहेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ ।

उहाँ उपचार पछि पटक पटक निको हुदै पुनः स्वास्थमा गम्भीर समस्या देखिने गरेको र हस्पिटल भर्ना भै लामो समय औषधि सेवन गरि रहनु पर्ने पारिवारिक अबस्था कमजोर रहेको पाइएकोले उपचारमा सहयोग पुर्याउन अभियान संचालन गरिएको बताईएको थियो ।  

रकम हस्तान्तरण बाग्लुङ समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठ कोषाध्यक्ष यम कंडेल खानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरी सापकोटा सचिब राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष राजु कंडेलको रोहबरमा गरिएको थियो ।