(JAPAN) 19 th September | 2019 | Thursday | 5:16:42 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:01:42 PM
 

एनआरएनए जापानद्धारा सदस्यता आवेदनमा सहजता ल्याउँदै आवेदन समय जुन १६ सम्म थप

Sajina Moktan   POSTED ON : Tuesday, 04 June, 2019 | Views : 226

एनआरएनए जापानद्धारा सदस्यता आवेदनमा सहजता ल्याउँदै आवेदन समय जुन १६ सम्म थप


टोकियो, जापान ।

आज अर्थात् जुन ४ तारिखसम्म रहेको गैरआवासीय नेपाली संघ जापानको सदस्यता आवेदन समय जुन १६ तारिखसम्मको लागि बढाईएको छ ।

एनआरएनए जापानले नया पंजीकृत सदस्य आवेदनको समय १२ दिन थप गर्दै १६ तारिखसम्म पुर्याएको हो ।

मंगलवार साँझ एनआरएनए जापानले प्रेस विज्ञप्ति मार्फत पंजीकृत सदस्य बन्न सकिने समय बढाईएको जनाएको छ ।

गत शनिवार जापानका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग गरेको छलफलमा प्राप्त सुझावका आधारमा सदस्यता आवेदन समय थप गरिएको संघका अध्यक्ष टाशी वाङदी लामा र महासचिव बुद्दीराज घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति अनुसार सदस्यता आवेदन सहजताको लागि घुम्ति टोलि परिचालन गरिने, जुन ४ तारिक सम्मको आवेदन गर्ने समय कम भएकोले समय थप गरी जून १६ तारीख़ आइतबारसम्म सदस्य बनाउन सकिने, रेसिडेन्स कार्डको बिकल्पमा जापानको ड्राईभिङ लाईसेन्सबाट पनि आवेदन गर्न सकिने, सदस्यता आवेदन शुल्क एकपटकमा ५ जनाको एकमुष्ठ बुझाउन सकिने लगायतका निर्णय भएको छ ।

अब थप गरिएको समय अनुसार जापानभर रहेका नेपालीहरुले एनआरएनए जापानको सदस्य बन्न चाहेमा जुन १६ तारिख मध्यरात ११ बजेर ५९ मिनेट सम्ममा आवेदन गर्नसक्नेछन् ।

एनआरएनए जापान र संघसंस्थाबिच सदस्यता बढाउन छलफल, हालसम्मको सदस्य संख्या र सदस्यता बढाउने तयारी यस्ता छन्