(JAPAN) 18 th June | 2019 | Tuesday | 4:02:23 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:47:23 PM
 

कुईसाङ लामा मनाङ सोसाईटी जापानको अध्यक्षमा चयन

  POSTED ON : Tuesday, 04 June, 2019 | Views : 27

कुईसाङ लामा मनाङ सोसाईटी जापानको अध्यक्षमा चयन


टोकियो, जापान ।

जापानमा पेशा व्यवसाय, अध्ययन तथा रोजगारको सिसिलामा बस्दै आएका हिमालपारीको जिल्लाको उपमा पाएको सुन्दर मनाङ जिल्लावासीहरुको साझा संस्था मनाङ सोसाईटीमा नयाँ नेतृत्व चयन गरेको छ ।

आईतवार राजधानी टोकियोमा एक भेला आयोजना गरि मस्तागंवासीले अध्यक्षमा कुईसाङ लामालाई चयन गर्दै संस्थालाई नयाँ गतिदिने काम गरेका हुन् ।

टोकियोमा भएको भेलाबाट तिन जनामा उपाध्यक्षहरुमा जीवन घले, राजु तेन्जेङ लामा, सोनाम लामा, दुई सचिबमा नरेन्द्र घले ,ईश्वर गुरुङ् कोषाध्यक्षमा अर्जुन विष्ट, बिजय लामा, सृजना घले रहेका छन् ।

सदस्यहरूमा केश गुरुङ्, रुप्जुङ गुरुङ्, बीज घले, ज्योति गुरुङ्, लुन घले, दावा लामा, रेजिना लामा, राम घले, मेघ घले, दीपेन्द्र गुरुङ चयन भएका छन ।