(JAPAN) 19 th September | 2019 | Thursday | 5:16:02 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:01:02 PM
 

बाग्लुङ लेखानीबाशिले टोकियोमा गठन गरे लेखानी समाज जापान

  POSTED ON : Friday, 31 May, 2019 | Views : 131

बाग्लुङ लेखानीबाशिले टोकियोमा गठन गरे लेखानी समाज जापान


टोकियो ,जापान ।

बिभिन्न पेशा ,ब्यवसाय र विद्यार्थीको रुपमा जापानमा रहेका बाग्लुङको लेखानीबाशिको टोकियोमा भएको भेलाबाट लेखानी समाज जापान गठन भएको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका -८ लेखानीको समृद्धिकालागी परदेशमा रहेर पनि हातेमालो गर्ने उद्देस्यले हरी प्रसाद कंडेलको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा होम श्रीस र श्याम कंडेल, सचिबमा प्रेम सागर गौतम सह-सचिबमा दीपक कंडेल९सफल ० कोषाध्यक्षमा खगराज कंडेल सह(कोषाध्यक्षमा राम प्रसाद कंडेल रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा शिव प्रसाद कंडेल, तेज कंडेल ,मनु थापा, तुलसीराम कंडेल ,गोपाल के सी, गणेश कंडेल ,हेमन्त क्षेत्री र ज्ञानेन्द्र श्रीस रहेका छन् ।

त्यस्तै लिलाधर कंडेललाई संरक्षक तथा देबिलाल कंडेल, टोप श्रीस र धर्म गौतमलाई सल्लाहकारमा चयन गरेको छ। भने सह-सचिब दीपक कंडेल 'सफल' लाई प्रवक्ताको जिम्मेवारि दिईएको पनि जनाइएको छ ।

समाजको बिधि बिधान तथा बैंक खाता संचालन लगायतका बिषयमा समेत निर्णय भैसकेको प्रवक्ता कंडेलले बताउनुभयो ।

नवगठित समितिका अध्यक्ष हरी प्रसाद कंडेलले सबैको साथ र सहयोग पाउँनेमा आफुहरु बिश्वस्त रहेको तथा जापानमा रहेका लेखानीबाशिलाई आइपर्ने समस्याको समाधान गर्न पनि आफुहरु लागिपर्ने प्रतिक्रिया दिनुभएको थियो