(JAPAN) 22 nd August | 2019 | Thursday | 8:38:29 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:23:29 PM
 

एनआरएनए जापान निर्वाचन र क्षेत्रीय अधिवेशन अनुगमन गर्न समिति गठन

  POSTED ON : Tuesday, 21 May, 2019 | Views : 238

एनआरएनए जापान निर्वाचन र क्षेत्रीय अधिवेशन अनुगमन गर्न समिति गठन


सजिना मोक्तान-टोकियो, जापान ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन र क्षेत्रीय समितिहरुको आसन्न अधिवेशन अनुगमन गर्न समिति गठन गरिएको छ ।

आसन्न १४ क्षेत्रीय समितिको अधिवेशन र निर्वाचनका लागि कार्यबिधि २०१९ सहित  अनुगमन समिति चयन अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने, समितिमा मानार्थ परिषद सदस्य ४६ जना रहने भएका छन् ।

जसमा १४ क्षेत्रीय समितिको लागि तीन( तीन जनालाई जिम्मेवारी दिएको छ । अव देखि क्षेत्रिय समितिको नयाँ गठन हुने समितिलाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापानले मान्यता दिने प्रावधान पनि गरिएको बताईएको छ । क्षेत्रिय लेखा परिक्षणको लागि रासप जापानका सदस्यहरुलाई जिम्मेवारी दिइएको बताइएको छ ।

जस अन्तर्गत रासपका सदस्यहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेशनमा आर्थिक प्रतिवेदन स्विकृतिको लागि पेश हुने ब्यवस्था बिधानले गरेको छ ।

आसन्न रासप जापान र यसका मातहतमा रहेका क्षेत्रिय समितिहरुको आसन्न अधिवेशन र निर्वाचनको लागि आवश्यक छलफल र राय सुझाव लिनको लागि यहि मे २५ तारिख शनिवार ३ बजे एनआरएनए कार्यालयमा मानार्थ परिषद सदस्यहरुको बैठक आव्हान गरिएको महासचिव वुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।