(JAPAN) 25 th May | 2019 | Saturday | 2:58:04 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:43:04 AM
 

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धज्ञानको चर्चा सहित नेवा अन्तर्राष्ट्रिय फोरम जापानद्धारा बुद्ध जयन्ती कार्यक्रम आयोजना

  POSTED ON : Saturday, 11 May, 2019 | Views : 89

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धज्ञानको चर्चा सहित नेवा अन्तर्राष्ट्रिय फोरम जापानद्धारा बुद्ध जयन्ती कार्यक्रम आयोजना


टोकियो, जापान ।

नेपाली परम्परा, नेवारी संस्कृती र नेपाली मौलिकतालाई जापानमा प्रचार तथा प्रवद्र्धन गर्दै आएको नेवा अन्तर्राष्ट्रिय फोरम जापानले २५६३ औं बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले विगतका बर्षहरुमा जस्तै यो वर्ष पनि बुद्ध जयन्ती समारोह आयोजना गर्ने भएको हो ।

यही मे २५ तारिख शनिवारको दिन टोकियो हाचिओउजीमा अवस्थित जिन्तोउईन '禅東院' बिहारमा गरिने २५६३ औं बुद्ध जयन्ती समारोह हुने भएको छ ।

बुद्ध जयन्तीसमारोहमा शान्तिका अग्रदुत गौतम बुद्ध, बुद्धको जन्मस्थल नेपालको लुम्बिनी र बुद्ध ज्ञान सम्बन्धि चर्चा सहित पुजापाठ समेत हुने भएको छ ।

बुद्ध जयन्ती बौद्ध धर्मालम्वीले मात्र नभई नेपालमा हरेक धर्म र सम्प्रदायका मानिसले मनाउँदै आएका छन् ।

टोकियोमा यस बर्षपनि नेवार समुदायको सामुहिक म्ह: पूजा तथा नेपाल सम्बत् शुभकामना कार्यक्रम हुँदै (फोटो फीचर) 

बिदेशमा रहँदा शान्तिका अग्रदुत समेत रहनुभएका भगवान गौतम बुद्धको जन्मजयन्ती विषेश किसिमले मनाउनुपर्ने भन्दै नेवा फोरमले हरेक बर्ष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सन् २००३ मा संस्थाको स्थापना देखीनै नेवा अन्तर्राष्ट्रिय फोरम जापानले बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम सहित बौद्ध धर्म र ज्ञानको जापानमा प्रचार सहित धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

यसैको निरन्तरता स्वरुप यस बर्ष निम्न मिति र स्थानमा हुन लागेको कार्यक्रममा उपस्थितिको लागि संस्थाले सबै जापानवासी नेपालीहरुमा अनुरोध सहित आफ्ना जापानी मित्रहरुलाई समेत सहभागी गराउन जापानवासी नेपालीहरुमा विशेष अनुरोध गरेको छ ।

दूतावाससँगको सहकार्यमा नेवाःअन्तराष्ट्रिय फोरम जापानद्धारा मे १२ मा बुद्ध जयन्ती आयोजना 

कार्यक्रम हुने :-मिति: २०१९ मे २५ तारिख शनिवार

समय: बिहान १०:०० बजे ~ १५:०० बजे सम्म

स्थान: जिन्तोउईन बिहारमा (禅東院)"

ठेगाना : 17-19 Honcho Hachioji टोकियो 

(JR Hachioji स्टेशन बाट पैदल १० मिनेट / Keio Hachioji स्टेशन बाट पैदल १३ मिनेट )

दिवा भोज शुल्क : १,००० येन 

कार्यक्रम सम्बन्धी कुनै जानकारी लिन परेमा सम्पर्क नं : ०८०-६५५५-६६६७/०८०-७९६५-३३११/०७०-१२११-१५०२/०९०-३९६०-७०५९