(JAPAN) 25 th May | 2019 | Saturday | 2:49:56 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:34:56 AM
 

मोना नाईट भव्य रुपमा सम्पन्न, शिव, ज्योति र गगनसँगै झुमे टोकियोवासी (भिडियो सहित)

  POSTED ON : Tuesday, 30 April, 2019 | Views : 154

मोना नाईट भव्य रुपमा सम्पन्न, शिव, ज्योति र गगनसँगै झुमे टोकियोवासी (भिडियो सहित)


टोकियो ।

नेपालबाट लोकप्रिय गायक शिव परियार, गायिका ज्योति मगर र गायक गगन पुनलाई बोलाएर म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले आयोजना गरेको मोना नाईट साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

राजधानी टोकियोको नाकानो जेरो हलमा आयोजित कार्यक्रम आर्थिक विपन्नता तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ आयोजना गरिएको आयोजकले बताएको छ ।

सांस्कृतिक कार्यक्रममा गायक शिव परियार, गगन पुन र ज्योती मगरले आफ्ना आधा दर्जन लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जनसँगै आफुसँगै नचाएका थिए । साथमा जापानमै रहँदै आएका कलाकारद्धय श्याम शितल र खड्क पुनले समेत आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा झ्याउरे नाच, देउराली पञ्चे बाजा, थाली नाच र नौमती बाजाको प्रस्तुती पनि आकर्षण रहेको थियो ।

मोना एसिया संयोजक तथा जापानका संरक्षक ददिवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोना जापानका अध्यक्ष दिपक कार्कीको सभापतित्व रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका महासचिव गणेश श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमको सम्पूर्ण भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

मोना नाईट जापान-शिव आउँदा जुरुक्कै, ज्योती भन्दा हुरुक्कै, गगनलाई पत्याए (भिडियो सहित)