(JAPAN) 25 th May | 2019 | Saturday | 3:01:03 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:46:03 AM
 

एनआरएनए जापानको अधिवेशन अगष्टमा, यस्तो छ सदस्यता प्रक्रिया (भिडियो सहित)

  POSTED ON : Sunday, 28 April, 2019 | Views : 453

एनआरएनए जापानको अधिवेशन अगष्टमा, यस्तो छ सदस्यता प्रक्रिया (भिडियो सहित)


टोकियो, जापान ।

गैरआवसीय नेपाली संघ 'एनआरएनए' जापानको नवौं अधिवेशन आगामी अगष्टमा हुने भएको छ ।

नयॉ नेतृत्व चयनको लागि हुने अधिवेशन अगष्टमा गर्नेबारे शनिवार एनआरएनए जापानले पत्रकार सम्मेलन मार्फत आफ्नो योजना सार्वजनिक गरेको हो ।

शनिवार सम्पन्न पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार गैरआवसीय नेपाली संघ जापानको सदस्यता लिनको लागि केन्द्रले तयार पारेको ग्लोवल मेनेजमेन्ट अफ ईन्फमेशन सिस्टममा गई सदस्यता लिन सकिने भएको छ ।

एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशन बारे जानकारी दिन आयोजित कार्यक्रममा एनआरएन जापानका अधिकाशं पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

एनआरएन जापानको आगामी अधिवेशनले अधिवेशनले अध्यक्ष १, वरिष्ठ उपाध्याक्ष १, उपाध्याक्ष ५-महिला,युवा,क्षेत्र र खुल्ला २), महासचिव १, सचिव ३ ९ क्षेत्र, खुल्ला २०, कोषाध्यक्ष १, सहकोषाध्क्ष १, ८ सदस्य एक महिला सहितको निर्वाचन गर्नेछ ।

यसवर्ष देखि युवा संयोजक तथा महिला संयोजकको पनि निर्वाचन हुने बरिष्ठ उपाध्यक्ष भण्डारीले जानकारी दिए ।

आसन्न गैरआवसीय नेपाली संघ जापानको नयॉ नेतृत्वको लागि आधा दर्जन व्यक्तिले महत्वाकांक्षा देखाएका छन् ।

हाल नेतृत्वमै रहेकाहरु सहित एनआरएनएमा आवद्ध पुराना र नयाँगरि ७ भन्दा बढी व्यक्तिले एनआरएनए अध्यक्षमा आंकाक्षा देखाएको पाईन्छ । यसबारेमा आगामी दिनमा क्रमश जापानसमाचारडटममा समाचार प्रकाशन हुनेछ ।