(JAPAN) 21 st July | 2019 | Sunday | 8:57:45 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:42:45 AM
 

नयाँ बर्षमा बाग्लुङ समाज जापानको टोकियोमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम

  POSTED ON : Wednesday, 10 April, 2019 | Views : 229

नयाँ बर्षमा बाग्लुङ समाज जापानको टोकियोमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम


टोकियो, जापान ।

नेपाली नयाँ बर्ष २०७६ को अवसरमा बाग्लुङ समाज जापानले जापानमा रहेका बाग्लुङ्गेबिच शुभकामना आदानप्रदान सहित मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

बाग्लुङ समाजले जिल्लाको पहिचान बोकेको चैंते दशैँ तथा नयाँ बर्षको अवसरमा टोकियोमा कार्यक्रम गर्ने भएको हो ।

चैते दशैँ पर्वको अवसरमा बाग्लुङमा मेला हेर्न र बाग्लुङ कालिका भगवती मन्दिरको दर्शन गर्नको लागि देशभरबाट ठूलो संखयामा भक्तजनहरु जाने गर्दछन् ।

गायिका रितु थापा मगर, परदेशी गायक सूर्य खड़का, गायक रामकृष्ण बम मल्ल सहितको उपस्थितिमा मनोरञ्जन कार्यक्रम गरिन लागेको बाग्लुङ समाज जापानले जनाएको छ ।

कार्यक्रम अप्रिल १३ तारिख दिनको २ बजेबाट शिनओकुबोमा रहेको टोकियो रोधी घरमा हुने भएको छ ।

कार्यक्रममा जापानमा रहेका बाग्लुङ्गे सहित जापानवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समाजले अनुरोध समेत गरेको छ ।