(JAPAN) 26 th April | 2019 | Friday | 7:24:19 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:09:19 PM
 

नयाँ बर्ष २०७६ को अवसरमा रोल्पा समाज जापानको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

  POSTED ON : Saturday, 06 April, 2019 | Views : 114

नयाँ बर्ष २०७६ को अवसरमा रोल्पा समाज जापानको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै


टोकियो ।

नेपाली नयाँ बर्ष २०७६ को अवसर पारेर जापानमा रहेका रोल्पालिहरूको साझा संस्था रोल्पा समाज जापानले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

जापानमा बिभिन्न पेशा ब्यावसाय र रोजगारीको क्रममा रहेका सबै रोल्पाली सहित नेपाली समुदायको सहभागीतामा नयाँ बर्ष भब्यताका साथ मनाउन कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

हाल जापानमा रहेकी गायिका रितु थापा मगरको उपस्थितिमा सांगीतिक कार्यक्रम सहित नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ ।

कार्यक्रममा सम्पुर्ण जापानबासी रोल्पाली दाजु भाई, दिदिबहिनी तथा जापानमा क्रिर्याशील संघसंस्थालाई उपस्थितिको लागि अनुरोध गर्दै समाजले सबैको सहयोगको अपेक्षा रहने विश्वास व्यक्त गरेको छ ।


कार्यक्रम मिति, समय र स्थान

मिति : २०१९/४/१४ तारिख

समय : दिउसो १२:०० देखि १७:०० बजेसम्म

स्थान : टोकियो रोधी क्लब , शिनओकुबो