(JAPAN) 21 st July | 2019 | Sunday | 9:46:13 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:31:13 AM
 

तराईका आँधिवेरी प्रभावीतलाई सहयोग गर्न एनआरएनए जापानद्धारा राहत संकलन थालनी

  POSTED ON : Wednesday, 03 April, 2019 | Views : 183

तराईका आँधिवेरी प्रभावीतलाई सहयोग गर्न एनआरएनए जापानद्धारा राहत संकलन थालनी


टोकियो ।

गैर आवासिय नेपाली संघ जापानले तराईका दुई जिल्ला बारा र पर्सामा आँधिवेरीबाट प्रभावित भएकाहरुको लागि राहत सहयोग गर्न आर्थिक संकलन थालेको छ ।

आइतबार साँझको असिना पानीसँगै आएको भीषण हावाहुरीबाट ३३ जनाको निधन र ५ सय बढी व्यक्ति घाईते भएको दुखद घटनामा सहयोग गर्न एनआरएनए जापानले पहल गरेको हो ।

विज्ञप्ती मार्फत एनआरएनए जापानले जापानमा रहेका विभिन्न संघ संस्थाहरुलाई यो विपत्तीमा हातेमालो गरि चाँडो भन्दा चाँडो राहत पुर्याउनका लागि सहयोगको आग्रह गरेको छ ।

एनआरएनए जापानका महासचिब बुद्धीराज घिमिरेका अनुसार देशमा परेको विपद्को घडिमा हातेमालो गरेर सबैले सक्दो सहयोग गर्न जेपी बैंकको खाता नम्वर १००१०-५२३७०३६१ मा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।