(JAPAN) 26 th April | 2019 | Friday | 7:04:37 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:49:37 PM
 

बाल दिवसमा एनआरएनए जापानद्धारा वाल वक्तृत्वकला प्रतियोगिता आयोजना, प्रतिभा प्रस्फुटनको अवसरसँगै नगद उपहार

  POSTED ON : Sunday, 24 March, 2019 | Views : 149

बाल दिवसमा एनआरएनए जापानद्धारा वाल वक्तृत्वकला प्रतियोगिता आयोजना, प्रतिभा प्रस्फुटनको अवसरसँगै नगद उपहार


टोकियो ।

बाल दिवसको अवसर पारेर गैरआवसीय नेपाली संघ रासप जापानले जापानमा रहेका नेपाली बालबालिकाहरुलाई लक्षित गरेर बाल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मे महिनाको ५ तारिखका दिन मनाइने बाल दिवसको अवसर पारेर मे १२ तारिकका दिन टोकियोमा पहिलो वाल वक्तृत्वकलाको आयोजना हुने भएको छ ।

वाल वक्तृत्वकला प्रतियोगिता लागि एनआरएनए जापान सदस्य सृजना पाण्डेलाई संयोजकको जिम्वेवारी दिईएको छ ।

वक्तृत्वकलाको लागि टोकियो तथा क्षेत्रिय समिति मार्फत पनि सहभागि गराईने भएको छ ।

टोकियो तथा क्षेत्रबाट प्रतिनिधित्व हुनको लागि अप्रिल २५ तारिख भित्रमा नाम दर्ता गराउनुपर्ने नियम राखिएको छ ।

बाल वक्तृत्वकलामा सहभागी बालकालिकाहरुको अडिशन र ट्रेनिंग राउन्ड – अप्रिल २७ तारिक १३:३० बजे बाट 東京都杉並区阿佐谷南3-2-19 आसागया स्थित हलमा हुने भएको छ ।

यसैगरि वक्तृत्वकलाको अन्तिम प्रतिस्पर्धा मे १२ तारिक अपरान्ह १ बजेबाट मेगुरो कुमिन सेन्टरमा हुने कार्यतालिका रहेको छ ।

क्षेत्रिय समितिहरुले पनि अप्रिल २७ तारिक भित्र छनौट गरि प्रत्येक क्षेत्रबाट १-१ जना सहभागि फाईनल स्पीच प्रतियोगिताको लागि पठाईसक्नु पर्ने आयोजकले जानकारी दिएको छ ।

टोकियो बाट २७ तारिक छनौट भएका १५ प्रतियोगि र क्षेत्रबाट छनौट हुनुभएकाहरुले मात्र मेई १२ तारिकको अन्तिम बक्तृत्वकलामा सहभागीता जनाउनेछन् ।

वक्तृत्वकलाको उपाधि बिजेताले ७० हजार येन दोस्रो हुनेले  ५० हजार येन र तृतीय हुनेले ३० हजार जापानी येन सहित प्रमाणपत्र पाउनेछ ।

जापानका विभिन्न विद्यालयहरूमा अध्य्यनरत ८ वर्षदेखि १५ वर्ष समूहका बालबालिकाहरुले वक्तृत्वकलामा सहभागीता जनाउन सक्नेछन् ।

बालबालिकाहरुको मनोबल, आत्मविश्वास तथा आफूमा भएका वाककलालाई प्रस्फूटन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजकले बताएको छ । जापानी, अङ्ग्रेजी र नेपाली भाषामा हुन गइरहेको पहिलो वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन इच्छुक बालबालिकाहरुले [email protected] मा फाराम भरि पठाउन सक्नेछन् ।