(JAPAN) 21 st March | 2019 | Thursday | 2:41:19 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:26:19 AM
 

विष्णुप्रसाद सुबेदीको संयोजकत्वमा एनआरएन जापान चिवा क्षेत्रिय समिति गठन

  POSTED ON : Tuesday, 12 March, 2019 | Views : 236

विष्णुप्रसाद सुबेदीको संयोजकत्वमा एनआरएन जापान चिवा क्षेत्रिय समिति गठन


टोकियो-जापान ।

एनआरएनए जापानले आफ्नो क्षेत्रिय समिति विस्तारको क्रममा चिबामा नयाँ क्षेत्र थप गरेको छ ।

आइतवार एक भेला गरी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले चिवा क्षेत्र विस्तार गरेको हो ।

चिबा क्षेत्रिय समिति विष्णुप्रसाद सुबेदीको संयोजकत्वमा गठन गरिएको हो ।

क्षेत्रिय समितिको उप संयोजकहरुमा सुरज राई र राजन भट्टराई र महिला उप संयोजकमा लक्ष्मी केसी, सचिबमा समीर खड़का, सह सचिबमा गुनराज शर्मा र कोषाध्यक्षमा मुक्तिराज रेग्मी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा राजु पौडेल, मन्जु गिरी, दिनेश गौतम, शंकर सूबेदी र पिताम्बर गौतम रहेका छन् ।

चिवामा तदर्थ कमिटि गठन गर्न उपाध्यक्ष शिव प्रसाद पौडेलको संयोजनमा भेला सम्पन्न भएको थियो ।

एनआरएनए जापानका अध्यक्ष टाशी वाङदी लामाको प्रमुख आतिथ्यतामा भएको भेलालाई सचिव जनकबिक्रम शाहीले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा,  एनआरएनए आइसीसी सदस्य महेश श्रेष्ठ, एनआरएनए जापानका उपाध्यक्ष सरोज खत्री, महासचिव बुद्धि राज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।