(JAPAN) 25 th May | 2019 | Saturday | 2:41:31 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:26:31 AM
 

प्रथम सहिद लखन थापाको १४२ औँ स्मृति दिवस टोकियोमा सम्पन्न (भिडियो सहित)

  POSTED ON : Tuesday, 12 March, 2019 | Views : 134

प्रथम सहिद लखन थापाको १४२ औँ स्मृति दिवस टोकियोमा सम्पन्न (भिडियो सहित)


टोकियो ।

जापानमा रहेका नेपालीहरुले नेपालका प्रथम सहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस मनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जापान शाखा र नेपाल मगर संघ जापानको आयोजनामा १४२ औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाईएको हो ।

कार्यक्रममा विभिन्न चाडपर्वहरुको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

मार्चा १० तारिख आईतबार राजधानी टोकियोको टोकियो रोधी घरमामा कार्यक्रम भएको हो ।

जापानका लागी नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसीसीका प्रवक्ता भूषण घिमिरे, सदस्य महेश श्रेष्ठ, दिनेश गुरुङ्, एनआरएनए जापानका उपाध्यक्ष शिब पौडेल, महासचिव बुद्धिराज घिमिरे, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेफ़िन सल्लाहकार शरदकुमार गौचन, संजीब राई, प्रवासी नेपाली मंच जापानका कार्यबहाक अध्यक्ष सिदार्थ श्रेष्ठ, जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहित विभिन्न व्यक्तिहरुले सहिद लखन थापा र जनजातिहरुको विभिन्न मौलिक पर्वहरुको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस र नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरु उधौलि-उभौलि, तमु ल्होसार ,सोनाम लोच्छार, ग्याल्पो लोसार, माघि, माघे सकराति, तोरन्लाह आदि पर्वहरूको संयुक्त शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममास्वागत मन्तब्य संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले राखेका थिए भने जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रम महासंघका महासचिब शान्त पहरीले संचालन गरेका थिए ।